फेसबुकले सुरु गर्यो ‘नागरिक साहस’ कार्यक्रम

अतिवाद तथा आतंकवाद सम्बन्धी सामाग्रीहरु हटाउने प्रयासमा सोसल नेटवर्किङ साइट फेसबुकले नयाँ अभियान सुरु गरेको छ ।

फेसबुकले बेलायतमा अनलाइन नागरिक साहस अभियान सुरु गरेको हो । यस अन्तरगत गैरसरकारी संस्थाहरुलाई अतिवादी तथा आपत्तिजनक सामाग्रीको जवाफ दिनका लागि तालीम दिइनेछ । साथै एक सपोर्ट डेस्क पनि खडा गरिनेछ जसको मद्दतले त्यस्ता संस्थाहरु फेसबुकसँग सिधै जोडियून् ।

हालैका दिनमा बेलायतको सरकारले सिलिकन भ्यालीका कम्पनीहरुलाई लक्षित गर्दै अनलाइन कम्पनीहरुले चरमपन्गीसँग सम्बन्धित विषयलाई वेबसाइटबाट हटाउनका लागि कुनैपनि प्रयास नगरेको बताएको थियो ।फेसबुककी सिओओ शेरिल स्यान्डबर्गले भनेकी छिन्ः फेसबुकमा हिंसा तथा घृणाका लागि कुनै ठाउँ छैन । हामी आर्टिफिसियल इन्टेलिजेन्सको मद्धतले फेसबुकबाट आतंकवादी प्रोपोगान्डा हटाउँछौँ । हाम्रो पूरै टिम आतंकवाद तथा चरमपन्थीहरुसँग सम्बन्धित विषय वेबसाइटबाट हटाउनमा लागिरहेको छ ।

तत् पश्चात फेसबुक, गुगल र टि्वटरले आफुहरुले हिंसात्मक तथा घृणाजन्य सामाग्री हटाउनका लागि ठूलो लगानी गरिरहेको बताएका थिए । उक्त कामका लागि हजारौँ मानिसहरुलाई काममा लगाएको पनि उनीहको भनाई थियो ।

जिहादी संगठनहरुले सोसल साइटहरुलाई दुरुपयोग गर्दै अतिवादीहरुलाई भर्ना गर्ने काम समेत गरिरहेका सुरक्षा विशेषज्ञहरुको भनाई छ । एजेन्सी

२०७४ असार १० गते १४:१५ मा प्रकाशित

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here