समाजमा सामाजिक संजालका प्रभावहरु

ईन्टरनेटको प्रयोगले आजको विश्वलाई एउटा सानो कम्प्युटरको बाकसभित्र संकुचित बनाईदिएको छ । हिजो सम्म कुनै व्यापार, व्यवसाय, औषधि, उपचार, सभा, सम्मेलन गर्न एक देश बाट अर्को देश सम्म हजारौं किलोमिटर पार गरेर जानुपर्ने अवश्थालाई आज एउटा कोठामा बसेर कम्प्युटर र ईन्टरनेटको सहयोगले क्षणभर मै सम्भव बनाईदिएको छ । अझ विभिन्न सोसल नेटवर्किड्ड साईटको विकासक्रम स“गै कुनैपनि साथिभाई, आफन्तलाई भेट्न तथा तिनीहरुको हालखबर बुझ्न घरै छाडेर भेट्न जानुपर्ने अवश्थाको अन्त्य भएको छ । साथै कुनैपनि कम्पनि तथा संघसंस्थाका क्रियाकलापहरु घरै बसि बसि नियाल्न तथा बुझ्न सम्भव भएको छ । आजको दिनमा तपाईं हामी जो कोही पनि कुनै न कुनै सोसल नेटवर्किड्ड साईटको सदस्य भएका छौं र २४ घण्टामा कुनै न कुनै समय निकालेर त्यसमा सहभागिता जनाईरहेका हुन्छौं । अझ आजका युवापिढीहरु त घण्टा घण्टाको अन्तरालमा यसमा प्रवेश गरेर स्ट्याटस तथा कमेण्टहरु चेक गरिरहेका हुन्छन त कतिले आफ्नो फोन मै त्यस्ता साईटहरुलाई लाईभ बनाई हरपल आफुलाई सम्पर्कमा राखेका हुन्छन् । सोसल नेटवर्किड्ड साईटहरुमा हाल फेसबुक, ट्वीटर, लिंक्डईन, माईस्पेस अग्रपंक्तिमा रहेका छन् । आजको दिनमा फेसबुकमा १ अर्ब, ट्वीटरमा ५० करोड, लिंकड्ईनमा १६ करोड तथा माईस्पेसमा १० करोडको हाराहारीमा सदस्यहरु रहेका छन् । सोसल नेटवर्किड्ड साईटका फाईदाहरु धेरै भएतापनि यसका वेफाईदाहरु पनि छन् साथै यसको प्रयोगमा धेरै नै सावधान अपनाउनु पर्दछ ।

सोसल नेटवर्किड्ड साईटका फाईदाहरुः

१.  विश्वव्यापी सम्पर्क — आफुले प्रयोग गर्ने कुनैपनि सोसल नेटवर्किड्ड साईट अन्तर्गत विश्वको कुनैपनि कुनामा रहेका सदस्यहरुसंग सजिलै सम्पर्क स्थापना गर्न सकिन्छ ।

२.  समान रुचि भएका व्यक्तिहरुको छुट्टै समूह तथा संजाल — समान रुचि भएका तथा आफ्ना साथिभाई तथा परिवारका सदस्यहरुलाई मात्र समावेश गरि छुट्टै ग्रुग बनाई सूचनाहरु आदानप्रदान गर्न सकिन्छ ।

३.  हरेका पलका सूचनाहरुको आदानप्रदान — यस्ता साईटहरुमा प्रत्येक सदस्यहरुले कुनैपनि बेला आफ्नो वालमा स्ट्याटस अपडेट गर्न सक्दछन । यसले को साथि कुनवेला, कहां, के गरिरहेको छ भन्ने कुरा बुझ्न सकिन्छ ।

४.  निशुल्क विज्ञापन तथा प्रचार प्रसार — तपाईंले यस्ता साईटहरुमा सजिलै स“ग छुट्टै पेजहरु बनाई आफ्नो उत्पादन, व्यापार, व्यवसायको गतिविधीहरु अपडेग गर्न तथा विज्ञापन बनाई राख्न सकिन्छ । आजकल कुनैपनि विज्ञापनहरु पत्रपत्रिका, रेडियो, टेलिभिजनमा दिनुको सट्टा धेरै भन्दा धेरै सदस्यहरुलाई आफ्नो संजालमा ल्याई यस्ता साईटहरु मार्फत विज्ञापन गर्नु प्रभावकारी मानिन्छ ।

५.  समाचारहरुको द्रुत फैलावट — यस्ता साईटहरुको प्रयोगले विश्वको कुन ठाउंमा के भईरहेको छ भन्ने कुराको जानकारी रेडियो, टेलिभिजन र पत्रपत्रिका भन्दा चांडो थाहा पाउन सकिन्छ ।

६. खर्चको वचत — यस्ता साईटहरुले निशुल्क रुपमा उपलब्ध गराएका स्पेस तथा सदस्यताका कारण आफ्नो या आफ्नो परिवारका विविध समयका फोटो तथा भिडियोहरु अनलाईन स्टोर गरेर राख्न सकिन्छ र आवश्यकता परेको बेला प्रयोग गर्न सकिन्छ । साथै भेटघाटका खर्चहरुको वचत हुन्छ ।

बेफाईदाहरुः

१.  समाजिक कार्यमा सहभागिताको कमी — यस्ता साईटहरुको प्रयोगले प्रयोगकर्तालाई जतिबेलै पनि कोठामा सिमित राख्ने भएकोले घरमा को आयो, गयो त्यसको कुनै मतलब हुंदैन र कुनै सामाजिक कार्यमा कुनै रुचि राख्दैनन् । उनीहरुलाई आफ्नो कम्प्युटर, ईन्टरनेट र त्यस्ता सामाजिक संजालहरु नै आफ्नो परिवार लाग्दछ ।

२.  नैराश्यता — आफ्ना साथिभाई तथा आफन्तहरुले आफु विभिन्न ठाउ“हरु घुम्न, रेष्टुरेन्ट, डिस्को, पिकनिक, पार्टि आदि ठाउंहरुमा गएका फोटोहरु अपलोड गरेको देख्दा र आफुलाई त्यसको बराबरीमा नपाउंदा नैराश्यताले गा“जेको हुन्छ । साथै आफुले अपलोड गरेका स्ट्याटस, फोटो तथा भिडियोमा कति लाईक तथा कमेन्टहरु आए ? अरु साथिको स्ट्याटस र फोटोमा बढी लाईक र कमेन्ट आउने आफ्नोमा चैं किन कमी भन्ने मनोवैज्ञानिक असर परेको हुन सक्दछ ।

३.  शारीरिक व्यायामको कमीले कमजोरी, मन्द बुद्धि, अनिद्रा — यस्ता साईटहरुको प्रयोगले खेल्ने कुद्ने समयका बच्चाहरु बाहिर खेल्न र कुद्न भन्दा कोठामै बस्न रुचाउंछन र यसको फलस्वरुप शारिरीक व्यायामको कमीले अरुचि, अपच, अनिद्रा आदिको समस्या देखा पर्दछन । यसले बुद्धि विकासमा समेत बाधा पुर्याउंदछ ।

४. निर्णय तथा तार्किक क्षमतामा कमी — बाहिरी संसारमा घुलमिल एकदमै कम भएका कारण मानिस एकोहोरो भएको हुन्छ जसको कारण कुनैपनि निर्णय लिन अरुको सहयोग खोज्दछ साथै तार्किक क्षमताको हस हुन्छ ।

५. वादविवाद तथा सभा सम्मेलनमा अरुचि — जव मानिस समाज तथा परिवारमा घुलमिल हुन कम गर्दछ यसले मानिसलाई एकलकांटे बनाईदिन्छ । उनीहरु कसै संग कुनै विवाद गर्न चाहदैनन तथा कुनै सभा सम्मेलनमा भाग लिन मन पराउंदैनन । यस्ता साईटहरुमा आफुलाई मन नपर्ने मानिसलाई सजिलै अनफ्रेन्ड तथा अनफलो गर्ने सजिलो माध्यम उपलब्ध भएको हुंदा कुनैपनि विषयमा कोहि संग वहस गर्न रुचाउंदैन बरु पन परेन कि अनफ्रेन्ड तथा अनफलो गर्दियो बस् ।

६. साईबर क्राईम, बुलिङ् — यस्ता साईटहरुमा सबैखाले मानिसहरु उपलब्ध हुने हुंदा कसको नियत कस्तो छ भन्ने कुरा थाहा हुंदैन । विभिन्न पालिसे कुराहरु गरेर तथा झुठा स्किमहरुको भ्रम फैलाएर एकले अर्कालाई लुट्ने काम भैरहेको हुन्छ । हालसालै नेपालमा आयोजना हुन लागेको भनिएको भर्जिन सेक्स पार्टिको समाचारले यस्ता कुराहरुको पुष्टि गर्दछ । साथै एकले अर्कालाई होच्याउने, उडाउने, धम्की दिने आदि गलत कार्यहरु पनि हुने गर्दछन् ।

७. व्यक्तिगत सूचनाको अनाधिकृत प्रयोग — तपाईंले अपलोड गर्नुभएका तपाईंका व्यक्तिगत सूचनाहरुको दुरुपयोग गरि अरुले फाईदा लिईरहेका हुन्छन् । तपाईंले आफ्नो प्रोफाईलमा कुनै ईमेल एड्रेस या फोन नं राख्नुभएको छ भने थर्ड पार्टीहरुले तपाईंको अनुमति विना नै तपाईंको ईमेल एड्रेस या फोन नं को प्रयोग गरि ईमेल तथा म्यासेज पठाउने गर्दछन् । कतिपय कम्पनिले त तपाईंलाई थाहै नदिई तपाईंको फोटो लाई आफ्नो कम्पनिबाट उत्पादित सामाग्र्रीहरुको विज्ञापनमा प्रयोग गरि फाईदा उठाई रहेका हुन्छन । साथै तपाईंको फोटो प्रयोग गरि फेक आईडि बनाई तपाईंको नाममा फाईदा उठाईरहेका हुन्छन् ।

८. समयको नोकसानी — हालै गरिएको सर्वेक्षण अनुसार यस्ता साईटहरुका प्रयोगकर्ताहरुले औसतरुपमा एकजनाले हप्ताको १० घण्टा विताउने गर्दछन् । अझ ३० प्रतिशत रेगुलर प्रयोगकर्ताहरुले त दिनकै कम्तीमा २ देखि ३ घण्टाको दरले समय नष्ट गरिरहेका हुन्छन । अब आफैं हिसाब गर्नुहोस हाम्रो जस्तो विकासोन्मुख देशको लागि उक्त समय कति महत्वपूर्ण सावित हुन्थ्यो होला ।

९. अनावश्यक विज्ञापनको सिकार — यस्ता साईटहरुले विभिन्न विज्ञापनहरु आफ्नो पेजमा विना अनुमति राखिदिने गर्दछन् । कुनै कुनै विज्ञापन त हाम्रो सामाजिक धरातल भन्दा माथि उठेर बनाईएका हुन्छन यसले नकारात्मक असर पार्नुका साथै आफ्नो पेजमा भएका कारण अनावश्यक दिमागी बोझ थोपरिरहेका हुन्छन् ।

१०. गलत समाचारको सिकार — यस्ता साईटहरुमा कुनैपनि सूचनाहरु अनलाई पोष्ट गरिने हुंदा त्यसको वैधानिकता हुंदैन तर तिनै सूचनाको आधारमा कुनैपनि समाचारहरु आगो फैलिए जस्तो फैलिएका हुन्छन । हालसालै पुर्व राजकुमार पारस साहको समाचारले पुष्टि गर्दछ । यसका अतिरिक्त कसैले गरेका अपलोडहरुमा कमेन्ट गर्दा आफु उक्त व्यक्तिको सामुन्ने नभई गरिने हुंदा उक्त आफुले गरेको कमेन्टले नकारात्मक असर पार्न सक्दछ र यसको फलस्वरुप उसले तपाईंलाई ब्लक या अनफ्रेन्ड गर्न सक्दछ । यदि उक्त कुरा तपाईंलाई थाहा भयो भने दुईजनाको बिच टकराव उत्पन्न हुन जान्छ । साथै तपाईंका गोप्य फोटोहरु अरु कसैले अपलोड गरेको अवश्थामा तपाईं र तपाईंको परिवार बिच फाटो आउन सक्दछ । यसका अतिरिक्त परिवारका सबै सदस्यहरु अनलाईनमा व्यस्त हुंदा खाना कतिबेला चिसो भएको हुन्छ कसैलाई पत्तो हुंदेन अनि जो अनलाईन हुंदैन उसलाई कस्तो अनुभव हुन्छ होला ? तसर्थ कुनैपनि कुरा लिमिट मा गरेको राम्रो हुन्छ । सोसल नेटवर्किड्ड साईट के का लागि बनाईएको हो र कति समय खर्च गर्दा उचित हुन्छ भन्ने कुरा स्वयं तपाईले निर्धारण गर्ने कुरा हो ।

अपनाउनु पर्ने सावधानीहरुः

– अनावश्यक फोटो तथा भिडियोहरु अपलोड नगर्नुहोस् ।

– निजी ईमेल एड्रेस, जन्ममिति तथा व्यक्तिगत फोन नं हरु भुलेर पनि नराख्नुहोस् ।

– बैंकिड्ड जानकारी कदापी कसैलाई अनलाईन नदिनुहोस

– कसैको स्ट्याटस तथा अपलोडहरुमा धेरै विचार विमर्स गरि मात्र कमेन्ट गर्नुहोस् ।

– कसैले फ्रेन्ड रिक्वेस्ट पठाएको छ भने तपाईंले उक्त व्यक्तिलाई चिनेको छ भने मात्र स्विकार गर्नुहोस् । म्युचल फ्रेन्ड धेरै भएतापनि उक्त व्यक्तिलाई तपाईंले नचिनेको हुन सक्दछ ।

– कुनैपनि पेजहरुलाई लाईक गर्ने रिक्वेस्ट आयो भन्दैमा विचार नगरी लाईक नगर्नुहोस् ।

– यस्ता साईटहरुको पासवर्ड वेला वेला परिवर्तन गर्दैरहनुहोस् ।

– अनलाईन मार्फत आएका कुनैपनि लिंकहरुमा जथाभावि क्लिक नगर्नुहोस् ।

– गोप्य सूचनाहरु कहिले पनि आदान प्रदान नगर्नुहोस् ।

– यस्ता साईटहरुमा प्राप्त हुने अनावश्यक एप्लिकेशनहरु डाउनलोड नगर्नुहोस् । त्यस्ता एप्लिकेशनहरुले तपाईंको व्यक्तिगत विवरण प्रयोग गर्ने अनुमति मागेका हुन्छन । तपाईंलाई स्पाम मेलहरु आउने प्रमुख कारण यिनै हुने गर्दछन् ।

– गाली, असभ्य तथा अभद्र शब्दहरुको कदापी प्रयोग नगर्नुहोस् ।

– पल पलमा आफु रहेको लोकेशनको बारेमा जानकारी नगराउनुहोस् ।

– यस्ता साईटहरुमा सकेसम्म कम समय व्यतित गर्नुहोस् ।

Author: Hemanta Baral

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here