फ्रि-वाईफाईको प्रयोग असुरक्षित सेक्स जस्तै

 हाम्रो सित्तैमा वाइफाइ दिने भन्ने सुन्दा निकै फुरुंग होइन्छ । हुँदाहुँदा सित्तैको वाइफाइ चुनावी नारा पनि बनेको छ । सित्तैमा वाइफाइको चुनावी नारा दलहरुले पूरा गर्लान् नगर्लान् त्यो भविष्यले बताउला । तर यो बाचा पूरा नहुनुमै तपाइँ हाम्रो हीत रहेछ । उसो त सित्तैमा पाइने भनेपछि जुनसुकै कुरा पनि खासै राम्रो होइन, तर सित्तैको वाइफाइ त अझ खतरनाक नै हुने देखिएको छ ।

विज्ञहरुका अनुसार साइबर सुरक्षाको दृष्टिले फ्रि-वाइफाइको प्रयोग निकै जोखिमपूर्ण हुन्छ ।

साइबर सुरक्षा विज्ञहरु फ्रि-वाइफाइको प्रयोगलाई असुरक्षित सेक्स गर्नेसँग तुलना गर्दछन्।वायरलेस नेटवर्कबाट गुजि्रने प्रयोगकर्ताका सबै डाटा ह्याकर तथा अन्य आपराधिक तत्वले हात पार्न सक्ने जोखिम रहन्छ । मोबाइल डाटामा केही बचत गर्ने लोभमा फ्रि-वाइफाइ चलाउनु निकै महंगो सावित हुनसक्दछ, यसकारण । प्रयोगकर्ताको गोपनियता ह्याकर्सले हात पर्न सक्दछ, जसबाट प्रयोगकर्ताले निकै खराब नतिजा बेहोर्नु पर्ने हुनसक्छ ।

हार्वर्ड बिजनेस रिभ्यूमा छापिएको एक लेखमा भनिएको छ: यी दुबै मामिलामा यदि सावधानी अपनाइएन भने ठूलो नोक्सान बेहोर्नु पर्दछ ।

फ्रि-वाइफाइको स्थितिमा तपाइँको व्यक्तिगत डाटा जस्तै पासवर्ड, वित्तिय जानकारी वा निजी तस्वीर र भिडियो चोरी हुन सक्दछ । जब तपाइँ कुनै कफी शप, होटल वा एयरपोर्टको लन्जमा फ्रि-वाइफाइको प्रयोग गर्नुहुन्छ भने तपाइँले आफ्नो पर्सनल डाटा खतरामा पारिरहनुभएको छ ।
एजेन्सी

२०७४ वैशाख २५ गते १२:०८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here