CAN Info-Tech 2017 with Mobile Expo Pokhara starts from feb16

पोखरा ।
आगामी फागुन ५ गते देखि ८ गते सम्म पोखरामा ८ औँ संस्करणको क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो हुने भएको छ । कम्प्युटर एशोसिएन नेपाल महासंघ कास्कीको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको सह—आयोजनामा नयाँवजार स्थित प्रदशनी केन्द्रमा उक्त कार्यक्रम हुन लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

इन्फोटेकको तयारीका लागि कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्की शाखाका अध्यक्ष चिन्तामणि बास्तोलाको संयोजकत्वमा मुल आयोजक समिति र विभिन्न २९ वटा उपसमिति गठन गरिएको छ । जस अनुसार मुल्याङ्कन उप-समिति संयोजकमा जगन बहादुर गुरुङ, अतिथि सत्कार व्यवस्थापन उप-समिति संयोजकमा गुणानिधि पाण्डे, स्थानिय स्पोन्सर व्यवस्थापन उप-समिति संयोजकमा राजेन्द्रकुमार श्रेष्ठ, उद्घाटनरसमापन व्यवस्थापन उप-समिति संयोजकमा चण्डी प्रसाद अर्याल, स्टल व्यवस्थापन उप-समिति संयोजकमा युवराज पौडेल, सुचना व्यवस्थापन उप-समिति संयोजकमा रुक्मागत भण्डारी रहेका छन् ।

इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटि कन्फरेन्स, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, इन्फोटेक अवधिभर आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा मोबाइलको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानियस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here