चीनियाँ ब्राण्डहरु ईकमर्शमार्फत मोबाइल व्यापारमा केन्द्रित, जियोनी माेबाइल

‘आगामी २ वर्षमा नेपालको नम्बर वान मोबाइल ब्राण्ड बन्नेछौं’-विलियम लू, अध्यक्ष, जियोनी माेबाइल

काठमाडौं । चीनियाँ मोबाइल ब्राण्ड ‘जियोनी’ पछिल्लो वर्षहरुमा निकै प्रतिस्पर्धिरुपमा विश्व मोबाइल बजारमा आएको छ । सन् २००२ मा जियोनी टेलिकम्यूनिकेसन इक्यूपमेन्ट कम्पनी प्रालिको रुपमा स्थापना भएको कम्पनीले हालका दिनहरुमा मोबाइल व्यापारमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । अग्रणी मोबाइल ब्राण्डकोरुपमा स्थापीत हुँदै गरेको जियोनीले विश्वको सबैभन्दा पातलो स्मार्टफोन ईलाईफ एस५.१ स्मार्टफोन बनाएर विश्व रेकर्ड पनि कायम गरिसकेको छ । नेपालमा यो मोबाइल ब्राण्डको प्रवेश भएको ९ महिना मात्र भएको छ ।

कम्पनीले हालै नेपालमा भएको विनासकारी भूकम्पबाट पिडितहरुलाई सहयोग गर्न प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा ५० लाख रुपैंया सहयोग गरेको छ भने जियोनी सहयोगी हात कोषको स्थापना पनि गरेको छ । यहि सिलसिलामा नेपाल आएका जियोनी कम्प्यूनिकेसन इक्यूपमेन्ट कम्पनी लिमिटेडका प्रेसिडेन्ट (अध्यक्ष) विलियम लूसँग मोबाइल्सखबर डटकमले गरेको कुराकानीको अंश ।

नेपालको वर्तमान मोबाईल बजारलाई कसरी हेर्नुहुन्छ ?

हामीसँग नेपाली बजारको बारेमा मोबाइलका अनुमानित तथ्यांकहरु रहेका छन् । हाम्रो विचारमा नेपालको बजार अझै अविकसितरुपमा रहेको छ । यहाँ हामीले धेरै अवसरहरु देखेका छौं । र हामी आगामी दिनमा अझै लगानी गर्ने चाहना व्यक्त गर्दछौं । यहाँ धेरै प्रतिस्पर्धिहरु छैनन र भएका पनि अझै सक्षमरुपमा प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा छैनन् । सामसुंग जस्ता केहि मोबाइल ब्राण्डहरु निकै प्रतिस्पर्धि छन् तर अझैपनि संभावना रहेको छ । त्यसैले हाम्रो जियोनी ब्राण्ड प्रतिस्पर्धामा अगाडि आउने विश्वास रहेको छ । र हामी आगामी २ वर्षमा नेपालको नम्बर वान मोबाइल ब्राण्ड बन्ने छौं ।

नेपाली बजारमा अहिले विभिन्न नाम चलेका चीनियाँ मोबाइल ब्राण्डहरु पनि आईरहेका छन् त्यस्तो अवस्थामा तपाईँको कम्पनीले कसरी प्रतिस्पर्धा गर्दछ ?

यो सहि हो नेपालमा विभिन्न ब्राण्डका मोबाइल कम्पनीहरु आईरहेका छन् । अझ चीनियाँ ब्राण्डहरु पनि तिब्ररुपमा आईरहेका छन् । यसको लागि मुख्य गरि दुईवटा विषयहरु महत्वपूर्ण छन् । पहिलो विषय भनेको ग्राहकहरुको विश्वास जित्नु हो । हामी नेपालमा निकै सक्रियरुपमा केन्द्रित भएका छौं । हामी आफ्ना उच्चस्तरका सामाग्रीहरुसहित उपभोक्ताको रुचीलाई पहिचान गर्न सक्दछौं । अहिले यहाँ कोरियाली कम्पनी सामसुंगले मात्र ध्यान केन्द्रित गरिरहेको छ । त्यसैले अन्य चीनियाँ ब्राण्डहरुले दिर्घकालसम्म अडिन सक्दछन जस्तो लाग्दैन् । किनकी उनीहरु यहाँको बजारमा केन्द्रित छैनन् ।

त्यस्तै अर्को विषय भनेको स्थानिय कम्पनीसँगको सहकार्य । हाम्रो नेपालको सहकर्मी कम्पनी टेलिटक प्रालि स्थानियस्तरमा निकै ससक्त कम्पनी हो । र स्थानिय कम्पनीसँगको सहकार्य र सहयोग निकै महत्वपूर्ण रहन्छ ।MobilesKhabar_3

पछिल्लो समय अधिकांश चीनियाँ मोबाइल ब्राण्डहरु ईकमर्शमार्फत मोबाइल व्यापारमा केन्द्रित भएका छन् के तपाईँको पनि त्यस्तो योजना छ ?

हामी चीनियाँ बजारमा पहिलेदेखि नै अनलाईन इ कमर्श साइटमार्फत व्यापार गरिरहेका छौं हामीले भारतीय बजारमा ईकमर्श बिक्रीलाई निरन्तरता दिन सकेनौं । नेपालमा भविश्यमा इ कमर्श बिक्रीमा जाने अवस्था भएपनि अहिले नेपालमा इकर्मशमार्फत मोबाइल बिक्री गर्नु भनेको निकै छिटो हुन्छ । हामी जाने भन्दा पनि बजारले त्यस्तो माग गरेको खण्डमा जाने हो । समय भएमा हामीपनि त्यसमा जानेछौं ।

जियोनी स्थापना भएको करिब एक दशकमा मोबाइल बजारमा धेरै परिवर्तन आएका छन् । तपाईं आफूलाई विश्व बजारमा कहाँ पाउनुहुन्छ ?

हामीले कम्पनी स्थापना गरेको १३ वर्ष भयो । यो १२ वर्षमा मोबाइल बजारमा निकै ससक्त परिवर्तनहरु भएका छन् । मोबाइल बजार अझ बढि प्रतिस्पर्धि भएको छ भने द्रूत विकास पनि भएको छ । यो क्षेत्रमा धेरै मोबाइल कम्पनीहरु स्थापना भए । अहिले हाम्रो बजार वृद्धिदर २० देखि ३० प्रतिशतले बढिरहेको छ, जुन बजारमा भएका अन्यको भन्दा राम्रो वृद्धिदर हो ।

हामी चीनमा निकै ठूलो कम्पनीको रुपमा विकास हुँदैछौं भने अन्य मुलुकहरुमा पनि मोबाइल ब्राण्डको रुपमा स्थापना हुने तयारीमा छौैं । हामी अहिले भारतीय बजारमा पनि बजार विस्तार गरिरहेका छौं भने नेपालमा पनि आएका छौं । त्यसैगरी बंगलादेशमा पनि हाम्रो उपस्थिती रहेको छ भने पाकिस्तानमा पनि हामी छौं । हामी विशेषगरी दक्षिण एशियाली मुलुकमा ध्यान केन्द्रित गरिरहेका छौं । जुन निकै ठूलो बजार हो । यहाँ १.७ विलियन जनसंख्या रहेको हुँदा हाम्रो लागि यो स्थाई बजार हो ।

त्यसैगरी हामी अफ्रिकी मुलुक नाइजेरियामा पनि व्यापार गरिरहेका छौं । अफ्रिकी मुलुक पनि ठूलो जनसंख्या भएको देश हो जहाँ हामी नम्बर २ ब्राण्डमा रहेका छौं । यो बजारमा हामीले नोकिया र सामसुंगजस्ता कम्पनीलाई पछाडि छोडेका छौं ।

अर्कोतर्फ भियतनाम, म्यानमार, फिलिपिन्स, इन्डोनेशियालगायतका दक्षिण पूर्वी मुलुकमा पनि जियोनी ब्राण्डको बजार छ । मेरो विचारमा चीन, दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका र अफ्रीकाका मुलुकहरु मिलाएर कुल मोबाइल बजारको ५५ प्रतिशत हिस्सा ओगट्दछ, जुन हाम्रो लागि पर्याप्त बजार हो ।MobilesKhabar_4

चीनियाँ मोबाइल कम्पनीहरुको कुरा गर्दा हरेक समय प्याटेन्ट राइट् र गुणस्तरको कुरा आउने गर्दछ, तपाईँले यो विषयलाई कसरी हेर्नुहुन्छ ?

यो विषय निकै महत्वपूर्ण हो । हामी भारतमा करिब अढाई वर्षभन्दा बढि समयदेखि मोबाइल बिक्री गरिरहेका छौं । जहाँ हामीले उच्च गुणस्तरीय सामाग्री मात्र बिक्री गर्दछौं भन्ने प्रमाणीत भईसकेको छ । गुणस्तरलाई बजारले नै प्रमाणित गर्दछ । त्यस्तै नेपालमा आएको पनि तेस्रो त्रैमासिक अवधि मात्र भएको छ । यहाँ पनि बजारले नै हाम्रो मोबाइलको गुणस्तरीयता प्रमाणित गर्दछ । यी बजारहरुमा भारतीय मोबाइल कम्पनीहरुको २० देखि ३० प्रतिशत मात्रै बजार हिस्सा रहेको छ । यसले पनि चीनियाँ ब्राण्डहरुको गुणस्तरलाई प्रमाणित गर्दछ ।

पछिल्ला समयमा चीनियाँ ब्राण्डहरु पनि विश्वव्यापी बजारमा उपस्थित भएका छन् । यदि गुणस्तर नभएको भए विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिने थिएन होला ।

के तपाईँलाई भारतीय मोबाइल ब्राण्डहरु चीनियाँ मोबाइल ब्राण्डहरुका प्रतिस्पर्धि लाग्दछन् ?

यो प्रतिस्पर्धाको विषय नै हुनसक्दैन् । अहिले सबैजसो सामाग्री चीनमा नै बन्दछ । जुन भारतीय कम्पनीहरुले पनि आपूर्ति गर्ने गरेका छन् । मेरो विचारमा हामीबिच कुनै प्रतिस्पर्धा हुन सक्दैन् । यो मूल्यको भन्दा पनि गुणस्तरको विषय हो । उपभोक्ताले सस्तो मूल्यका मोबाइल ब्राण्ड भन्दा पनि गुणस्तरीय मोबाइल खरिद गर्न चाहन्छन् ।

पछिल्लो समय भारतमा चीनियाँ मोबाईल कम्पनीहरुले पनि लगानी गर्ने समाचारहरु आईरहेका छन् । के तपाईँको कम्पनीले पनि लगानी गर्दैछ ?

हो यो सहि हो । हामीपनि भारतमा केहि लगानी गर्ने तयारीमा छौं । हामी आगामी दिनमा करिब ५० मिलियन अमेरिकी डलर लगानी गर्ने योजनामा छौं । यो स्थानिय संचारको क्षेत्रमा लगानी हुनेछ ।

सन् २००४ मा जियोनीसहितको केहि चीनियाँ कम्पनीलाई मालवेयर प्रि-इस्न्टल गरेका मोबाइल तथा ट्याबलेट बेचेको आरोप लाग्यो ? यो विषय के हो ?

यो कुनै विषय नै होईन् । किनकी हामीले केहि यस्ता एप्स प्रि इस्न्टल गरेर पठाउँछौं जुन अति आवश्यक रहेको छ । जुन हाम्रो यूजर्स एकाउन्ट खोल्नका लागि, ओटिए प्रयोग  तथा एप स्टोरमा जानका लागि लागि राखिएका हुन्छन्, जुन जियोनीका आधिकारीक एपहरु हुन् । यी कुनै गलत एप्स होइनन् ।

तपाईहरुले आफ्नै अपरेटिंग सिष्टम अमिगो ल्याउनु भएको छ । यसको हालसम्मको कार्यक्षमता कस्तो छ ?

यसको कार्यक्षमता निकै राम्रो छ । हामीले शुरुमा यसलाई चीनमा लन्च गरेका थियौं । अहिले यसमा निकै परिवर्तन गरिएको छ जसले गर्दा यो प्रयोग गर्न निकै सहज भएको छ । आगामी दिनमा अपरेटिंग सिष्टम प्रतिस्पर्धाको लागि निकै महत्वपूर्ण हुनेछ । जियोनीको लागि पनि अमिगो एक महत्वपूर्ण कडी हो ।

तस्विर साभारः जियोनी नेपालको फेसबुकबाट

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here