National Innovation Center को महान अभियानमा – महाबीर पुन

नेपाललाई बिकसित्त देश बनाउनको लागि स्वदेश र विदेशमा बस्ने आम देश भक्त नेपालीहरुका साथै नेपाल सरकारले निम्न कुराहरुलाई ज्यादै उच्च प्राथमिकता दिऔं.

  • देशमा भएको सृजनशील र प्रतिभाशाली मानव पुँजी र संशाधनलाई बिशेष प्रोत्साहन दिई उनीहरुको प्रतिभाको अधिकतम उपयोग गरौं
  • नेपालमा नै सके सम्मका वैज्ञानिक आविष्कार तथा प्रविधि विकास गर्ने काम लाई उच्च र विशेष प्राथमिकता प्रदान गरौं र प्रतिभाशाली नेपालीहरुको प्रतिभालाई मल जल गरौं
  • नेपालको अर्थ तन्त्र बलियो बनाउन निर्यातमुखी उद्योगहरुलाई अधिकतम प्रोत्साहन दिऔ. त्यसको लागी आवशयक सहयोग प्रदान र अनुकुल बाताबरण सृजना गरौं

यी माथि भनिएका कुराहरुलाई साकार पार्ने उदेश्यले “राष्ट्रिय आविष्कार केन्द्र” को स्थापना गरिएको हो. हामी सबै मिल्यौं भने र देशमा नै बिज्ञान तथा प्रविधिको बिकास गर्यौं भने हामीले नै ३० बर्षमा नेपाललाई एउटा बिकसित देश बनाउन पक्कै सकिन्छ. अनि रोजीरोटीको लागी जागीर खोज्न हामी नेपालीहरुले विदेश धाउनु पर्ने छैन. साथै अपमानित भएर दुख पाउनु पर्ने र ज्यान गुमाउनु पर्ने पनि छैन.

http://www.nicnepal.org/