Huge Crowd PU Education Fair 2073 at World Trade Center

राजधानीमा ‘पूर्वाञ्चल युनिभर्सिटी एजुकेसन फेयर २०१६’ सुरू भएको छ । असार १७, १८ र १९ गते वर्ल्ड ट्रेड सेन्टरमा सञ्चालन हुने फेयरको उद्घाटन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले गरेका छन्। पूर्वाञ्चल एजुकेसन फेयर २०१६’ मा विद्यार्थीहरुले एकै थलोमा विभिन्न फ्याकल्टी र कलेजहरुसँग सम्वन्धित जानकारी प्राप्त गर्न सक्नुका साथै शैक्षिक परामर्र्श, प्रेजेन्टेसन र सेमिनारहरुमा पनि विद्यार्थीहरु समभागिता जनाउन पाउनेछन् । ‘यस फेयर अवलोकन गर्ने विद्यार्थीहरुलाई विभिन्न शिर्षकका स्करलसिप, एजुकेसन लोन र विभिन्न सेवा—सुविधाहरुको पनि ब्यवस्था गरिएको छ । विशेषगरी विद्यार्थीहरुले कलेज तथा विषय छनौटका लागि विभिन्न कलेज÷कलेजमा पुग्नु पर्ने बाध्यतालाई यस एजुकेसन फेयरले सम्वोधन गर्ने विश्वास हामीले लिएका छौं,’ आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।


cit edu fair edu fair 2073 edu fair nepal huge crowd of edu fair kantipur in nepal

आयोजकले लहडका आधारमा पछिल्लो समयमा विदेश जाने विद्यार्थीहरुको संख्या बढेको बढ्दै समयमा मेलाले नेपालमै अन्तराष्ट्रिय मापदण्ड र गुणस्तर अनुरुपका कलेजहरु छन् र ती कलेजहरुले क्षमतावान जनशक्ती उत्पादन गरिरहेका भन्ने सन्देश दिन खोजिएको पनि उल्लेख गरेको छ ।

‘प्राविधिक शिक्षणको लागि त नेपाली कलेजहरु गुणस्तर तथा सुलभताको दृष्टिले शैक्षिक गन्तब्य नै बनिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यो फेयरले यि र यस्ता विषयमा बिद्यार्थीहरुलाई यथेष्ट जानकारी प्रदान गर्ने छ । त्यसैगरी अध्ययनका लागि वार्षिक रुपमा अरबौं रुपयाँ बाहिरने क्रमलाई न्यूनिकरण गर्न पनि यो फेयर सहयोगशिद्ध हुने हामीले विश्वास लिएका छौं ।