सामाजिक सञ्जाल सगुनले विश्वब्यापी रुपमा लगानीको अवसर खोल्यो

वासिङ्टन डीसीमा केन्द्रीय कार्यालय राखि शुरु भएको सामाजिक सञ्जाल सगुन डटकमले इच्छुक तथा योग्य लगानीकर्ताहरुको लागि लगानीको अवसर खुल्ला गरेको छ।

frame ict

एकाउन्ट बनाएर सुचना आदान प्रदान गरे वापत पैसा पाउन सक्नेगरी निर्माण गरिएको सगुन एक सामाजिक सञ्जाल हो।

काठमाडौँ,नेपाल(२०७३ असार १५)।अमेरिकी राजधानी वासिङ्टन डीसीमा अवस्थित सगुनअमेरिकामा बसोबास गर्दे आएका नेपालीले स्टार्टअप कम्पनीको रुपमा स्थापना गरेको सामाजिक सञ्जाल हो। सगुनले यसमा लगानी गर्न चाहने योग्य लगानीकर्ता)Accredited Investors)लाईकम्तिमा पाँच हजार डलर ($,००)लगानी गर्नेअवसर प्रदान गरेको छ।

“प्रयोगकर्ताहरु माझ पुगेर सगुनलाई एउटा उदाहरणीय सामाजिक सञ्जाल बनाउन रअन्य सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले भोग्नुपर्ने नकारात्मकअनुभवहरु हटाउनका लागि हामी लागिपरेका छौं,” लगानीको अवसर खुल्ला गरिएपछि संस्थापक गोविन्द गिरीले भन्नुभयो।“विश्व बदल्ने लक्ष्य लिएको हाम्रो समुहका तर्फबाट त्यस्तै उद्देश्य रहेका अन्यलाई सगुनमा सहभागिता जनाएर सहकार्य गर्न लगानीको मौका प्रदान गरिएको छ । यसको लागि कानुनी रुपमा बाटो खोलिदिएकोमा यूएस् जब्स एक्ट (US JOBS ACT)लाई धन्यवाद दिन चाहन्छु।”

सगुन एउटा बिश्वब्यापी रुपमा फैलिएको सोसियल कमर्स सञ्जाल हो । यसलेविश्वभर रहेकालगानीकर्तालाई इक्विटी क्राउडफन्डिङ पहलमा बैंकरोल (Bankroll)मार्फत अवसर प्रदान गरिरहेको छ। सेयर खरिदबाट आएको पूँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषताहरु बढाउँदै जाने र मोबाइल एप्पको सुरुवात गरिनेछ।

सगुनमा रजिस्टर प्रयोगकर्ताका लागी थुप्रै प्रकारको एप्लिकेसन रहेका छन्, “माई डे” (दैनिक काम मिलाउने), “मुड टक” (मुड अनुसार कुराकानी गरिने), र “ओपन सेक्रेट” (आफ्नो गोप्य कुराहरु सेयर गर्ने फिचर))। मुड टकबाट प्राइभेट वा ग्रुप च्याटमा प्रयोगकर्ताहरुले आफ्नो मुड अनुसार इमोजी र स्टिकर बनाउन सक्नेछन्। सगुनको च्याटमा कुराकानी गरेको २४ घन्टा पछि म्यासेजहरु आफै हराएर जानेछन। सगुनमा प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार आफ्नो सेक्रेट सबैलाई वा चाहेको व्यक्तिलाई मात्रै सेयर गर्न सक्नेछ।सगुनमा हट सेक्रेटको बिशेषताहरु रहेका छन्, जसबाट लाईक, डिस्लाईक, सेयर वा कमेन्ट गर्न सकिनेछ। साथै तपाईले सेयर गरेको सेक्रेट ट्रयाक गरेर कतिवटा देश र सहरका प्रयोगकर्ताले हेरे भनेर जान्न सकिनेछ।

यही वर्षको अन्त्यसम्मसगुनले आफ्नो सोसियल स्मार्ट कार्डलाई प्रयोगकर्ताहरु माझ ल्याउने छ। सगुनमा आफ्नो प्रोफाइल बनाउँदा र सगुनमा आबद्ध भएपछि सगुन प्रयोगकर्ताले नि:शुल्क रुपमा स्मार्ट कार्ड पाउनु हुनेछ। उक्त स्मार्ट कार्ड पाएपछि सगुनमा खाता भएका प्रयोगकर्ताहरुले आफ्नो साथीभाई अथवा परिवारलाई उपहार र गिफ्ट कार्ड खरिद गरेर दिन सक्नेछन्। धेरै गिफ्ट कार्ड राख्नु भन्दा एउटै स्मार्ट कार्ड राखेर सगुनका प्रयोगकर्ताले हाम्रा आधिकारिक साझेदारहरुबाट फाइदा लिन सक्नुहुन्छ। सबै सगुन स्मार्ट कार्ड प्रयोगकर्ताहरुले आफूले किनेको वस्तुमा ५% रकम फिर्ता पाउनसक्नुहुनेछ।

सहसंस्थापक कविन सिटौला भन्नुहुन्छ, “नेपालीको शिर उचो बनाउने हाम्रो चाहनामा सरिक हुन चाहने विश्वभर छरिएर रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई लगानीको एक सुनौलो अवसर उपलब्ध गराउन लागेको घोषणा गर्न पाउँदा म उत्साहित भएको छु।”उहाँ भन्नुहुन्छ, “यस्तो सुवर्ण मौका मानिसको जीवनमा विरलै मात्रै आउँछ।उदाहरणको लागियदि मैले फेसबुक अनि टुइटरजस्तो सामाजिक सञ्जालमा लगानी गर्ने अवसर पाएको भए सोच्नुहोस आजको दिनमा म कति भाग्यशाली हुन्थे होला। तर अहिले, US JOBS ACT 2012को प्रावधान अनुसार सगुनको सुरुवातीअवस्थामा नै हामीले यो लगानीको सुनौलो अवसर तपाईहरुलाई दिएका छौंजसले गर्दा तपाईहरु सगुनमा आफ्नो स्वामित्व कायम गर्न सक्नुहुनेछ। लगानीको लागि योग्य रहेका संसारभरका सम्पूर्ण नेपालीहरुलाई सगुनमा सानो हिस्सा किनी हामीलाई आफ्नो लक्ष्यमा पुग्न मद्दत गर्नुहोस्।”

Bankrollका प्रमुख कार्यकारी अधिकृत तथा अमेरिकाको क्राउडफन्डिङ तथा जब्स एक्टमा विज्ञता हासिल गरेका एक उच्च श्रेणीका अधिवक्ता केन्डल अलमेरिको भन्नुहुन्छ, “BankRollसगुन टिमलाई मद्धत गर्न पाउँदा निकै नै उत्साहित छ। सगुन टिमले नयाँ कानुनमा उल्लेख गरिएको प्रावधान वमोजिम अनलाईनबाट पूँजी सङ्कलन गर्दै छ, जसको मद्दतले आफ्नो व्यवसायमा वृद्धी गरी विश्वव्यापी सामाजिक व्यापारको लक्ष्य हासिल गर्न सक्नेछन्।”

सगुनमा लगानीको बारेमा थप जानकारि लिन चाहनुहुन्छ भने कृपया तल दिइएका लिंकमा जानुहोस्www.sagoon.com/investअथवा www.Bankroll.ventures/deal/sagoon

मिडिया सम्बन्धी जानकारीको लागि अजयबाबुशिवाकोटीलाईajayashiwakoti@sagoon.comमा सम्पर्क गर्न सक्नु हुन्छ।

सगुनको बारेमा

सगुन एउटा सुरुवाती सामाजिक सञ्जाल हो जसको संस्थापक गोबिन्द गिरी हुनुहुन्छ । उहाँले १२ बर्ष पेन्टागनमा सूचना प्रविधि पेशाकर्मीको रुपमा काम गर्नुभएको छ। गुनशब्द संस्कृत शब्द साकुनाबाट आएको हो, जसको अर्थ शुद्ध समयवा “good luck”हो । सगुन सुरुमा search engineको रुपमा २००९ मा सुरु भएको थियो, तर पछि सामाजिक सञ्जालको रुपमा विकास भयो। सगुनको २.भर्सन नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले नोभेम्बर , २०१५ मा सुरुवात गर्नु भएको थियो ।थप जानकारीका लागि, www.sagoon.com मा जानुहोस।

 यस प्रेस रिलिजमाभएका कुराहरु सुचनाको लागि मात्रै हो । यसप्रेस रिलिजमा भएका सुचनाहरु सगुनको धितोपत्र खरिदको लागि गरिएको आग्रह होइन। साथै कुनै पनि देश वा राज्यमा त्यहाँको धितोपत्र नियमानुसार दर्तापूर्वक यस्तो आग्रह गर्न नपाउने स्थानमा यी सेक्युरिटिज बिक्री गरिने छैनयो बिक्रीको लागि सम्बन्धित धितोपत्र कानुनमा दर्ताको लागि छुटको सम्बन्धमा गरिएको व्यवस्था बमोजिम तथा जुन ६, २०१६ मा जारी गरिएको प्राइभेट प्लेसमेन्ट मेमोर्‍यान्डम तोकिएको ठेगानामा पठाएर हुनेछ। योग्य लगानीकर्ताको लागि सम्बन्धित कानुन बमोजिम यस मेमोर्‍यान्डममा समय समयमा परिवर्तन गर्न सकिनेछ ।

सेक्युरिटिज्‌मा लगानी हरेक लगानीकर्ताकोलागी उपयुक्त नहुन सक्छ र तपाईको लगानीको प्रतिफलतपाईले सोचे जति नहुन सक्छ। यो प्रेस रिलिज सगुन इन्कको केहि बुँदाकोसंक्षिप्त विवरण मात्रै हो। यस्को सम्पुर्ण विवरण offering material मा उल्लेख गरिएको छ। सम्भावितलगानीकर्ताले यहाँवाट आफ्नो नाफानोक्सानको लेखाजोखा आफै गर्नु होला।

लगानी, लेखा तथा करको बारेमा यस प्रेस रिलिजमा तपाईले जानकारी पाउनुहुने छैन। Private placement, offering of securitiesमालगानिको लागी वा अधिक जानकारीको लागी यहाँ जानुहोलाhttps://www.investor.gov/news-alerts/investor-alerts/investor-alert-advertising-unregistered-securities-offerings.