डिजिटल नेपाल, हाम्रो अभियान, इ-कसरी ? Saurya Paudel

सूचना प्रबिधिको क्षेत्रमा नेपाल अगाडी बढ्दै गइरहेको छ । तर यसका साथसाथै यसको प्रयोगमा समस्या पनि देखा परिरहेको छ । कति समस्याको त सजिलो समाधान पाउन पनि गार्हो भइरहेको हुन्छ । केहि समस्याहरु जति समाधान गरेपनि बारम्बार सताइरहने गर्छ र त्यो समस्यालाई कसरी सुल्झाउने दोधारमा पारिएको हुन्छ । सूचना प्रबिधिको कुराहरु सरल भाषामा सिक्न चाहनुहुन्छ भने यसको समाधान तपाईहरुले युटुबको एक नौलो च्यानल “e-kasari? (इ-कसरी?)” मा पाउन सक्नु हुनेछ ।

Digital Nepal Hamro Abhiyan

यो च्यानललाई नेपाल कलेज अफ इन्फोर्मेशन टेक्नोलोजीका बिद्यार्थी सन्तोष दाहाल, सौर्य पौडेल र निपेश श्रेष्ठले सुरु गरेका हुन । यी बिद्यार्थीहरु नेपाललाई डिजिटल नेपालका रुपमा सम्मुनत बनाउने अभियानमा लागिपरेका छन् । “सूचना प्रविधिमा नेपाल अगाडी बढ्दै गएपनि हामीले यो च्यानल त्यो पुस्तालाई बिशेस ध्यानमा राखी बनाएका हौ, जो सूचना प्रबिधिको रफ्तारलाई आफ्नो जीवनमा समावेस गर्न ईच्छुक हुनुहुन्छ” भनेर पौडेलले बताए । “प्रबिधिको प्रयोगमा हुनसक्ने हरेक समस्या र त्यसको समाधानलाई हामीले सरल भासामा प्रस्तुत गरेका छौ” श्रेष्ठ भन्छन । आफुलाई आइपरेको समस्या हामीलाई फेसबुकको पेज द्वारा जानकारी दिन सकिने दाहालले बताए। यस च्यानलमा अहिले सबैगरि करिब २० वटा भिडियो रहेका छन् ।
जसमा फेसबुक/ट्वीटर कसरी चलाउने, नेपाली टाईप कसरी गर्ने देखि टोरेन्ट कसरी चलाउने जस्ता जानकारीमूलक सामग्री राखिएको छ।

च्यानल को लिंक : https://www.youtube.com/channel/UCRdNAnWHh1SiunllkIXzG3g
फेसबुक पेजको लिंक : https://www.facebook.com/shikchyanepal/