स्टार्टअप अवार्डको अन्तिम चरणमा १० कम्पनी, उत्कृष्ट ४ का लागि भोटिङ सुरु

आइसिटी स्टार्टअप अवार्डको अन्तिम चरणमा १० कम्पनी, उत्कृष्ट ४ का लागि अनलाइन र एसएमएस भोटिङ सुरु

livingwithict

नेपालमै पहिलो पटक लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी स्टार्टअप अवार्ड २०१६ को अन्तिम चरणमा १० कम्पनी छानिएका छन् । पहिलो चरणमा छानिएका १५ कम्पनीहरुको प्रेजेन्टेशन र अन्तवार्तापछि जुरी टिमले उत्कृष्ट १० कम्पनी छानेको हो ।
आइसिटी स्टार्टअप अवार्ड २०१६ मा उत्कृष्ट १० मा अटाउन सफल कम्पनीहरुमा एमिनेन्स वेज, गुर्खा टेक प्रालि, आइटेक नेपाल प्रालि, कुल टेक्नो ल्याब, फुन्का टेक्नोलोजिज, सस्तो डिल प्रालि, स्मार्ट समाज, ह्वाइट स्पेस प्रालि र यल्लो नेपाल रहेका छन् ।
असार ८ गते आयोजना हुने लिभिङ विथ आइसिटीको चौथो वार्षिकोत्सवको अवसरमा उत्कृष्ट ४ कम्पनी घोषणा गरिनेछ । यसका लागि निर्णायक मण्डलका तर्फबाट प्राप्त अंकका अतिरिक्त अनलाइन र एसएमएस मतलाई समेत आधार मानिने आयोजकले जानकारी दिएको छ ।
एसएमएसबाट भोटिङ गर्न मोवाइलको म्यासेज बक्समा गई ICT लेखि एक स्पेस दिएर  award टाइप गरि आफुले भोट गर्ने कम्पनीको कोड नम्बरलेखि ३२२०० मा एसएमएस गर्न सकिनेछ ।

  • Eminence Ways Pvt.Ltd. – ICT<space>award<space> EW   and send SMS  to 32200
  • Gurkha Tech Pvt. Ltd. – ICT<space>award<space> GT and send SMS  to 32200
  • I Tech Nepal Dot Com Pvt. Ltd. – ICT<space>award<space> IT and send SMS  to 32200
  • Kul Techno Lab and Research Center Pvt. Ltd – ICT<space>award<space> KT and send SMS  to 32200
  • Mantra Ideas Pvt. Ltd. – ICT<space>award<space> MI and send SMS to 32200
  • Phunka Technologies – ICT<space>award<space> PT and send SMS  to 32200
  • Sasto Deal Pvt Ltd – ICT<space>award<space> SD and send SMS  to 32200
  • Smart Samaj Pvt. Ltd. (Nepflights) – ICT<space>award<space> SS and send SMS  to 32200
  • White Space Pvt. Ltd. (Threadpaints) – ICT<space>award<space> WS and send SMS  to 32200
  • Yellow Nepal Pvt. Ltd – ICT<space>award<space> YN and send SMS  to 32200

 

  •