NEPALPAY QR बाट सेल्सबेरीमा भुक्तानी गर्दा १०% क्यासब्याक

NEPALPAY QR Salesberry
Share It On:

५ फागुन, काठमाडौं ।

ग्राहकहरुले nepalpay QR स्क्यान गरी सेल्सबेरीमा भुक्तानी गर्दा १०% वा अधिकतम रु १०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

उक्त अफर नेपाल भरी रहेका सम्पूर्ण सेल्सबेरीको स्टोरहरुमा फाल्गुण ५ गतेबाट फाल्गुण २० गतेसम्म उपलब्ध हुनेछ ।

उक्त अफरमा ग्राहकहरुले सेल्सबेरीको स्टोरमा सामान खरिद गर्दा स्टोरमा रहेको Dynamic QR स्क्यान गरी भुक्तानी गरी प्रति दिन एक कारोबारमा क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने अफर अवधिभरि ३ पटक सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी nepalpay QR स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

nepalpay QR नेशनल पेमेन्ट स्वीच अन्तर्गत त्तच् भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो ।

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले nepalpay QR मा ४ लाख ६५ हजार र Smart QR को २ लाख ५० हजार समेत गरी ७ लाख १५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् ।

थप जानकारीको लागि: NCHL Website


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *