हल्टप्राइज प्रतियोगितको लागी आबेदन खुल्ला, SOMTU
त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (SOMTU) ले बिश्वो ब्यापी रुप मा आयोजना हुन गैरहेको हल्ट पुरस्कार प्रतिस्पर्धा (HULT Prize challange 2019) कार्यक्रम नेपालमा पनि क्रितिपुरमा त्रिभुवन विस्वबिध्यालय क्याम्पस मा आयोजना गर्न गैरहेको जानकारी गराउन चाहन्छौ| विश्व का १५० बढी देश मा हुने यस प्रतियोगिता नेपाल मा हामीले त्रीबी अन्तर्गत का सम्पूर्ण देश भरि का प्राबिधिक संकाय बाहेक का सबै बिद्यार्थी लाइ लच्छित गरि प्रतिस्पर्धा आयोजना गर्न लागेका हौ|यो कार्यक्रम को मुख्य उदेश्य भनेको बिद्यार्थीहरु का नविनतम बिचारहरु जसले लाखौ मानिस लाइ प्रतक्ष्य प्रभाब पार्न सक्छ त्यस्ता बिचार लाइ बिस्व ब्य्यापी रुप मा प्रतिस्पर्धि बनाइ उनिहरु का उत्कृस्ट बिचार लाइ सामाजिक उद्धमशिलताको बाताबरण सृजना गर्नु रहेको छ|
सामाजिक उद्धमसिलता को ओकालत प्रमुख रुपमा गर्ने यस प्रतिस्पर्धाले बिद्यार्थीहरुलाइ सामाजिक रुपमा उद्धमसिलताको बिकास गरि समाज लाइ प्रतक्ष्य रुप मा सहयोग पुर्याउन यो कार्यक्रम एकदम महत्व पूर्ण हुने व्यहोरा पनि जानकारी गराउन चाहन्छौ|
स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयमा आयोजना गर्न लागिएको हल्ट प्राइजप्र तियोगितको लागी आबेदन खुल्ला भैसकेको छ बिद्यार्थी हरु ले ३ देखि ४ जना सम्म को आफ्नो समुह सके सम्म एक जना महिला लाइ पनि समूह मा समाबेस बनाइ HULT @TU, SOM को वेब साइट http://hultprizeat.com/tribhuvan मा गइ आबेदन दिन सक्नुहुनेछ छ| उक्त प्रतियोगितमा सहभागी हुनको लागी मङ्गसिर १६ सम्मआबेदन दिन पाइनेछ| यसरि प्रतिस्पर्धा गर्न सहभागी हुन कुनै सुल्क लाग्ने छैन|त्यसै गरि आबेदन परेका बिद्यार्थी हरु को समुह लाइ हामीले कसरि आइडिया बनाउने र प्रस्तुत गर्ने भन्ने विषय मा अभिमुखीकरण तालिम को ब्यबस्ता गर्ने छौ त्येसले बिद्यार्थी समूह लाइ आफ्ना आइडिया निर्णायक सामु कसरि प्रस्तुत गर्ने कसरि समय ब्यबस्थापन गर्ने भन्ने जस्ता विषय मा महत्वपूर्ण जानकारी दिने छ |
विलक्लिन्टन फाउन्डेसनद्वारा सन् २००९ देखि सुरु भएको बिश्वब्यापी यो प्रतिस्पर्धाको लागि यो बर्ष युवा रोजगारी बिषय “For Us By Us: The Global Youth Unemployment” छनौट गरिएको छ।दिइएको विषयमा आधारित भएर समस्यार त्यसको समाधान प्रस्तुत गर्ने उत्कृष्ट टिमले १० लाख अमेरीकी डलर पुरस्कार पाउने छन्। हल्टप्राइज फाउन्डेसनद्वारा आयोजित आइडिया कम्पिटिसनको अमेरीकामा हुने उक्त फाइनल राउण्डमा सहभागी हुन भने विभिन्न राउन्डमा छनौट हुँदै जानुपर्ने छ। नेपालबाट त्रिभुवन (SOMTU, IOE पुल्चोक, IOE WRC),काठमाडौ, पूर्वाञ्चल र पोखरा विश्वबिद्यालयबाट छनौटमा परेका एक / एक टिम गरि ६ टिम दोश्रो राउन्डको लागि दुवइ, सङ्घाइ, सिंगापुर लगायत २५ ठाउ मा जाने अबसर पाउने छन्। त्यहा उनीहरु ले विभिन्न देश का बिद्यार्थी हरु को माझ मा ख्याती प्राप्त र विषय बिज्ञ निर्णायक हरु लाइ आफ्नो आइडिया प्रस्तुत गरि उत्कृस्ट टिम मा पर्न सफल हुनु पर्ने छ| त्यस पछी छनोट मा परेका समूह लाइ बेलायतमा लगिने छ त्यहा उनीहरु लाइ केहि दिन को अभिमुखीकरण तालिम दिइनेछ| त्यसरी तालिम प्राप्त समूह हरु ले अन्तिम चरण को प्रतिस्पर्धा आगामी बर्ष २०१९को सेप्टेम्बर मा युएन हाउस मा गर्ने छन| यो प्रतियोगिताले बिद्यार्थी हरुमा रहेका इनोभेटिव आइडिया हरु लाइ ब्यबसायिक र सामाजिक उद्यमशीलता को रुपमा बिस्तार गर्न ठुलो योगदान दिने कुरा मा आयोजक बिस्वस्त रहेका छ| साथै यस्ता प्रतियोगिता ले बिद्यार्थीहरु को उद्धमशिलताको क्षेत्रमा नविनतम सोच बिचार र बिकास गर्न टेवा पुर्याउने छ भन्ने आशा पनि गरेका छ|

                                                                    

