नेपालमा आर सिरिज ल्याउने ओपोको तयारी ? नेपालमा आर सिरिज ल्याउने ओपोको तयारी ?

१३ मंसिर काठमाडौं । आजको वैश्विकरण र ईण्टरनेटको यूगमाप्र विधिको फैलदो ब्यापक सञ्जालमार्फत स्मार्टफोनको एउटा बटन क्लिक गरेकै भरमा सहजै जो—सुकैले विश्वभरका जानकारी लिन सक्छन् । यसबाट नेपाल पनि अछुटो रहने कुरै भएन । आरन ९ सार्वजनिक गरे देखि नै विश्वभर आर–सिरिजको चर्चा निकै चुल्लिएको हो । सो समयदेखि नै नेपालमा पनिआर–सिरिज निकै प्रतिक्षारत सिरिजको रुपमा रहेको छ । नेपाली उपभोक्ताको माग र ईच्छा दृष्टिगत गर्दै ओपो नेपालले निकट भविष्यमा नै आफ्नो प्रिमियम आर सिरिज नेपाली बजारमा भित्राउने सम्भावना प्रबल देखिएको छ ।
श्रोतले दिएको जानकारी अनुसार ओपोले निकट भविष्यमा नै आर–सिरिज नेपाल भित्राउने पहल गरिरहेको छ । तसर्थ, आधिकारिक घोषणापूर्व उपभोक्तालाई आर–सिरिज उत्पादन प्रतिआफ्नो धारणा विकास गर्न सहयोग पु¥याउने सोचका साथ उत्पादन सम्बन्धि केही महत्वपूर्ण जानकारी संकलन गरी प्रस्तुत गरेका छौँ ।

उत्पादनको लोकप्रियता

स्मार्टफोन उद्योगकै आकर्षक डिजाइन भएको तथा उत्कृष्ट फोटोग्राफी अनुभव दिने उत्पादनका रुपमा आर–सिरिज परिचित छ । साथै, आर सिरिजलाई विशेष गरी उपाभोक्ताको आवश्यकता र ईच्छालाई ध्यानमा राखेर निर्माण गरिएको फोनका रुपमा लिइन्छ । यही कारण आर–सिरिज विश्वभरका उपभोक्ता माझ अत्यधिक लोकप्रिय उत्पादनका रुपमा रहेको छ ।
संक्षिप्त ईतिहास
मार्केट रिसर्च फर्म काउन्टरपोइण्ट एण्ड स्ट्र्याटिजी एनालिटिक्सका अनुसार ओपो आर–९ सन् २०१६को वैश्विक रुपमै सर्वाधिक विक्रि हुन सफल फोन हो । साथै सन् २०१७ को पहिलो त्रैमासमा ८९ लाख प्रति सिपमेण्टका साथ यसले विश्व बजारको ३ प्रतिशतब जार हिस्सा ओगट्न सफल भएको थियो । त्यसैगरी ओपो आर११ सन् २०१७कै बेस्ट सेलिङ एण्ड्रोइड फोन तथाआर १५ मोडल चिनमा सन् २०१८ को दोस्रो त्रैमासमा सर्वाधिक लोकप्रिय फोनका रुपमा रहन पनि सफल भएको छ । अहिले विश्व भरका २० करोड यूवा जमातले ओपोलाई अपनाएका छन् र आर–सिरिज यस सफलताको एक अभिन्न अंगका रुपमा रहेको छ ।
प्रडक्ट फिलोसोफी
ओपो आर–सिरिजले मेटालिक कलर र ग्लास ग्राडियण्ट मार्फत उद्योगमै नयाँ क्रान्ति भित्रायो । स्मार्टफोन उद्योगमै सिल्भर, गोल्ड र रोज रंगकाफोन उत्पादन भइरहेका बेलाओपोले सन् २०१६मा मेटालिक रेड रंगमा आर ९ को न्यू इयर एडिसन सार्वजनिक गरेको थियो । त्यसैगरी, आर ११ बार्सिलोना एडिसनका रुपमा ओपोले मिक्स्ड रेड र ब्ल्यू मेटालिक रंगमा फोन सार्वजनिक गरेको थियो । साथै आर ११ मा कम्पनीले हेर्दा निकै आकर्षक र बोक्दा निकै प्र¥याक्टिकल क्रेसेन्ट कभ्र्ड् डिजाइनप नि समाहित गर्यो । त्यसैगरी आर १५ लाई कम्पनीले रुबी रेड र कस्मिक पर्पल ग्राडियण्ट रंग पनिउपलब्ध गरायो ।
फोटोग्राफीका सवालमा आर–सिरिजले मितब्ययी मूल्यमा उत्कृष्ट क्यामेरा क्षमता उपलब्ध गराउने कार्यलाई निरन्तर्ता दिएको छ । उपभोक्ताको क्यामेरा प्रतिको रुचि र आवश्यकतालाई दृष्टिगत गर्दै तिनलाई अदृतिय फोटोग्राफी अनुभव दिने सोचका साथ कम्पनीले क्यामेरा प्रविधिमा ब्यापक लगानीलाई निरन्तर्ता दिइरह्यो । तस्विरलाई जीवन्तता दिने सोचका साथमा फुल स्क्रिन डिस्प्ले र सुपर फुल स्क्रिन जस्ता नयाँ फिचर पनि फोनमा उपलब्ध गरियो । त्यसैगरी कलरओएस मार्फत फोनले गेस्चर अपरेशन र फुल स्क्रिन मल्टिटास्किङ जस्ता रमाइलाअनुभवपनिप्र दान गरेको छ ।
हार्डवेयरका सवालमा पनि आर सिरिज निकै आकर्षक रहेको छ । आर१५ प्रोमा कम्पनीले अत्याधुनिक क्वाल कम स्न्याप ड्र्यागन प्रोशेसरका साथै बृहत्त सञ्चयक्षमता रअदृतिय ब्याट्री लाइफ पनि समाहित गरेको छ । साथै, भोक फ्ल्याश चार्जिङ प्रविधिले फोनलाई तिब्र गतिमा चार्ज गर्दै फोनको निरन्तर प्रयोगमा सघाव पु¥याउँछ ।
कम्पनीको नयाँआर–सिरिज फोन आर १७ मा कम्पनीले ¥याडियन्ट मिस्ट डिजाइन, वाटरड्रप स्क्रिन र हिडन फिङ्गर प्रिन्ट अनलक, सुपरभोक फ्ल्याश चार्जका साथै एफ१.५÷एफ२.४ स्मार्ट एपर्चर र टीओएफ थ्रीडी प्रविधि सहितको ट्राइ क्यामेरा कम्बिनेशन पनि उपलब्ध गरिएको छ । यी सबैको माध्यमबाट उपभोक्तालाई समग्र नयाँ अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य छ ।
रियल, रिभोल्यूशन, रिफर्म
यस बर्ष ओपोले आर सिरिज पछाडीको अर्थ पनि प्रस्ट्याउने योजनाबनाएको छ । कम्पनीका अनुसार आर सिरिजमा आरको अर्थ रियल, रिभोल्यूशन र रिफर्म तथा पूनर जागरणको प्रक्रियाहो । क्रान्ति र पूनरजागरण अपनाउँदै नयाँ सम्भावना तिर अग्रसर हुन सबैभन्दा पहिले आफू आफैसंग सच्चा र आत्म विश्वासी हुनु आवश्यक छ ।
भविष्यमा पनि ओपोले प्रयोगकर्ता संग सहकार्य गर्दै आर सिरिज मार्फत थपनयाँनयाँ सम्भावना तथा प्रविधि पस्कँदै जाने उद्देश्य लिएको छ । ओपोको प्राविधिक शक्ति मार्फत उपभोक्ताले तिनका सपना पूरा गरुन् भन्ने ओपोले आाशा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here