सनराइज बैंक लिमिटेडद्धारा कम्प्यूटर सहयोग

काठमाण्डौ र्कािर्तक २३, २०७४

सनराइज बैंक लिमिटेडले सञ्चालनको दश वर्ष पुगेको अवसरमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजारलाई १० थान कम्प्युटर उपलब्ध गराएको छ । विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजारमा आयोजना गरिएको कार्यक्रममा उक्त कम्प्यूटरहरु बैंकका संचालक समितिका सदस्य श्री ज्योति कुमार बेगानीले विद्यालयका प्रधानाध्यापक श्री दुर्गाप्रसाद  कोईरालालाई बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य तथा अन्य पदाधिकारीहरुको उपस्थितिमा हस्तान्तरण गर्नुभयो । यसै क्रममा विजय स्मारक माध्यमिक विधालयका प्रधानाध्यापक श्री दुर्गाप्रसाद  कोईरालाले विद्यालयका बारेमा जानकारी दिनुका साथै बैंकले पु¥याएको सहयोगका लागी कृतज्ञता व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here