विश्वमा इन्टरनेट आएको २५ वर्षको अवसरमा इन्टरनेट एक्स्पो हुँदै

काठमाडौंः विश्वमा इन्टरनेटको सुरूवातको २५ वर्षको विशेष अवसरमा नेपाल डाटा एण्ड रिसर्च सेन्टरले पहिलो पटक नेपालमा इन्टरनेट एक्स्पो आयोजना गर्ने तयारी गरेको छ । आउँदो मंसिर ९ देखि १३ गतेसम्म आयोजना हुने एक्स्पोले इन्टरनेट प्रविधिसँग सम्बन्धित संघ संस्था तथा व्यवसायीबीच अन्तरक्रिया र सहकार्यसँगै नयाँ खोज, सुचनाको आदान प्रदान, उत्पादनको प्रवद्र्धन, बजार व्यवस्थापनको अवसर गर्ने विश्वास लिइएको छ ।

आजको यस विश्वव्यापीकरण युग तथा साँघुरिदो संंसारमा इन्टरनेट प्रविधिको महत्वपूर्ण भूमिका रहेको छ भन्दै सेन्टरले इन्टरनेटको विस्तारले विश्वको अर्थतन्त्रमा फड्को मारेको र त्यसमा पनि सामाजिक सञ्जालको बढदो प्रयोगले भातृत्वको विस्तारमा पनि थप मद्दत पुर्याएको जनाएको छ ।

इन्टरनेट जीवनको अंग भईसकेको अहिलेको विश्वमा इन्टरनेटको बढ्दो प्रयोगस“गै कुनै पनि जानकारी क्षण भरमा नै संसारभर फैलिन्छ । सन् १९८० मा पहिलो पटक सर टिम बर्नरस लिले हाइपर टेक्सट ट्रान्सफर प्रोटोकल (एचटीटीपी) को अवधारणा अघि बढाएसँगै यसको सुरुवात भएको जनाएको छ ।

उनले सन् १९९० मा एचटीएमएल, युआरएल, वेभ ब्राउजर, सर्भर र पहिलो वेब पेज बनाएका थिए । तर यो वेब पेज सिमित व्यक्तिको मात्र पहु“चमा थियो । तर पछि बर्नरसले सन् १९९१ अगस्ट २३ देखि वल्र्ड वाइड वेब (डब्लूडब्लूडब्लू)मा आम सर्वसाधारणमा पहु“च पुर्याएका थिए । इन्टरनेट र बल्र्ड वाइड वेब फरक भएता पनि अचेल तिनलाई संयुक्त रुपमै बुझिन्छ ।

हाम्रो जस्तो अल्पविकसित मुलकमा इन्टरनेट भनेको सामाजिक सञ्जाल मात्र हो भन्ने भ्रमबाट माथि उठेर देशको प्रगतिमा यसबाट हुने योगदान महत्वपूर्ण हुने बुझाउन जरुरी देखिन्छ भन्दै सेन्टरले इन्टरनेटको प्रयोग र उपलब्धीले राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक लगायत क्षेत्रहरुमा परेको प्रभावले विश्वले निकै फड्को मारेकोे जनाएको छ ।

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here