लोकसेवा तयारी गर्नुस अब आफ्नै मोबाईल मार्फत 

लोकसेवा अध्ययन गरिरहेका विद्यार्थीले अब घरमै बसेर पनि आईक्यू क्लास लिन पाउने भएका छन् । शिक्षक तुल्सीराम ढकालले लोकसेवा पढ्ने विद्यार्थीलाई लक्षित गरेर युट्युबमा आईक्यूका नयाँ नयाँ टिप्सहरु सार्बजनिक गर्नुभएको छ । ढकालको एक्लो प्रयासमा लोकसेवा अध्ययन गरिरहेका विद्यार्थीहरुको सहजताका लागि युट्युबमार्फत सामान्य ज्ञान र आईक्यू क्लासको भिडियो सार्वजनिक गरिरहनु भएको छ ।

राजधानीका विभिन्न कलेज तथा कन्सल्टेन्सीहरूमा अध्यापन गराइरहनु भएको ढकालले कक्षाकोठा सम्म आउन नभ्याउने तथा घरमै बसरे अध्ययन गरिरहेका विद्यार्थीहरुको लागि भन्दै युट्युब मार्फत अध्यापन गराउन थाल्नुभएको हो । उहाँको आफ्नै नामको युट्युब च्यानलमा लोकसेवा तथा अन्य क्षेत्रमा आवश्यक पर्ने आईक्यू सम्बन्धी भिडियो हेर्न पाईन्छ ।

२०७३ सालदेखि निरन्तर रूपमा यसरी भिडियो सार्वजनिक गरिरहेका ढकालले हालसम्म १ सय ६ वटा भिडियो सार्वजनिक गरिसक्नु भएको छ । कतिपय विद्यार्थीलाई लोकसेवा पढ्ने चाहना हुदा हुदै पनि समयको अभाब, पैशाको अभाव जस्ता कयौ समस्याको कारण मन भएर पनि ईन्स्टिट्युट सम्म गएर कक्षा लिन सकिरहेका हुदैनन् । त्यस्तै विद्यार्थीलाई लक्षित गरेर सहयोग गर्ने उद्देश्यले उहाँले युट्युब हेरेरै लोकसेवा तयारी गर्न सकिने वातावरणको तयारी गर्नुभएको हो । गाउँमा बसेर शहरसम्म पढ्न जान नपाउने विद्यार्थी र लोकसेवा पढीरहेका गृहणीलाई पनि यो भिडियो क्लासले सहयोग गर्ने उहाँको विश्वास छ । आफुले निर्माण गरेका भिडियोहरुमा जटिल प्रश्नको उत्तर पनि सरल र छोटो तरिकाले प्रस्तुत गरिएको उहाँको दाबी छ । एउटै च्यानलबाट धेरै कुराको ज्ञान पाउन सकिने ढकाल बताउनुहुन्छ ।

युवा पुस्ता प्रविधि मैत्रि भएकाले पनि ढकालको युट्युब च्यानल लोकसेवा अध्ययन गरिरहेका युवाहरुमाझ लोकप्रिय बन्दै गईरहेको छ । आज सबैको हात हातमा मोबाईल छ अनि घर घरमा ईन्टरनेट छ । वाईफाईको सुविधा नभएपनि डाटा प्याकेज लिएर पनि आज हरेकले ईन्टरनेट प्रयोग गरिरहेका हुन्छन । यो युग भनेको डिजिटलको युग हो । अहिलेको समयमा घरमा बसेर किताब पढ्न भन्दापनि मोबाईल बाटै गुगल, युट्युब सर्च गरेर अध्ययन गर्ने परिपाटीको विकास हुदै गईरहेको समयमा त्यस्ता विद्यार्थीहरूको लागि शिक्षक ढकालका यी भिडियोहरू वरदान सावित हुने निश्चित छ । आफ्नो समयलाई अनुकुल बनाएर घर मै हुदा या घर बाहिर रहेको बेलामा वा डाउनलोड गरेर जुन सुकै स्थानमा बसेर जतिखेरै पनि भिडियो हेरेर त्यसबाट ज्ञान आर्जन गर्न सकिने कुरा शिक्षक ढकाल गर्नुहुन्छ । आफ्नो दैनिक  काम गर्दा गर्दै पनि भिडियो बजाएर सुन्न र हेर्न सकिने भएकाले पनि लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरुलाई ढकालको यो प्रयास लाभदायी भएको छ । हालसम्म उहाँले लोकसेवाका आइक्यू प्रश्न समाधानसँग सम्बन्धित १ सय ६ वटा भिडियो राखिसक्नुभएको छ ।

उहाँ आफ्नै कोठामा भएको ह्वाईट बोर्डमा आइक्यूका प्रश्नको समाधान गर्दै भिडियो निर्माण गर्नुहुन्छ । सुरुवातमा भिडियो निर्माणमा ढकालकी श्रीमतीले सहयोग गर्नुभएको थियो । तर आजभोली भने उहाँ क्यामेरा स्ट्याण्डको सहारामा आफै भिडियो निर्माण गर्नुहुन्छ । पहिलो भिडियो उनले ०७३ सालको पुस १५ मा २ मिनेटको भिडियो राख्नु भएको थियो  । वहा आफ्नो कोठामा भएको बोर्डमा आफै आइक्यूका प्रश्नको समाधान गर्नुहुन्छ । आफ्नै एक्लो प्रयासमा वहा नजिकै राखिएको स्ट्याण्डमा मोबाइल राखि भिडियो खिच्नुहुन्छ र सुरु गर्नुहुन्छ आफ्नो काम । पछि त्यहि भिडियोलाई आफैले सम्पादन गरेर युट्युबमा अपलोड गर्नुहुन्छ  । वहालाई भिडियो खिच्नलाई कोहि सहयोगी नै चाहिँदैन सबै काम आफै पुरा गर्नुहुन्छ । सुरुमा ३०–४० भिडियो निर्माण गर्नको लागी वहाले आफ्नो श्रीमतीको सहयोग लिनुभयो तर पछि आफै स्ट्याण्डको सहयोगमा खिचेर सम्पादन गरि युट्युब च्यानलमा राखेको हु भनेर भन्नुहुन्छ शिक्षक ढकाल ।

यस्तो नया कामको शुरुवात गर्ने सोच कहा बाट आयो त भन्ने प्रश्नमा वहा भन्नु हुन्छ, केही समय पहिले आफ्नो कामको सिलसिलामा पाल्पा पुगेको थिए त्यहा गएर एउटा चिया पसलमा बसेर चिया पिउने क्रममा नजिकै रहेका दुई महिलाले एकआपसमा कुराकानी गरिरहेका थिए कि लोकसेवा पढ्न त मन लाग्छ तर लोकसेवा पढ्ने इच्छा भएतापनि घरको काम र पैशाको अभावले गर्दा क्लास लिने समय नै हुदैन त्यसैलेपनि चाहेर नि लोकसेवा पढ्नलाई सकिरहेको छैन । उनीहरूको यो कुरा सुनेपछि वहालाई लाग्यो कि घरमै बसीबसी लोकसेवा पढ्न सकिने कुनै प्रविधि ल्याउन सके यस्ता विद्यार्थीहरूलाई कत्ति सजिलो हुन्थ्यो होला । सबैले आफै घर बसी बसी अध्ययन गर्न सक्ने थिए कुनै ईन्स्टिट्युटको सहयोग नै बेगर । त्यहि सोच्ने गर्नुहुन्थ्यो रे सधै नै फुर्सदमा ! वहाको श्रीमतीले लोकसेवा अध्ययन गर्ने क्रममा वहालाई आइक्यूका प्रश्नहरु सोध्ने गर्दा सजिलै सग जस्तासुकै आईक्युका प्रश्नको समेत सहज रूपमा उत्तर दिन सकेको देखेर श्रीमतीले नै वहालाई यस्तो काम गर्ने आईडिया प्रदान गरेको र त्यसैको प्रतिफल स्वरूप जन्मिएको रहेछ यो युट्युब च्यानल  ।

के तपाईले सोचे अनुसार यस युट्युब च्यानलले अरूलाई सहयोग गर्छ त भन्ने प्रश्नमा वहा भन्नुहुन्छ “किन नसक्नु, घरमै बसेर आइक्यू सिक्न सकिने, न त पैसाको खर्च नत समयको नै खर्च, एकपटक हेर्दा या सुन्दा नबुझेमा फेरी फेरी दोहोर्याई तेहर्याई हेर्न सकिने भएकोले पनि यस प्रविधिले धेरैलाई सहयोग गर्छ ।” गाउँमा बसेर शहरसम्म पढ्न जान नपाउने विद्यार्थीलाई लक्षित गरी यी भिडियोहरू निर्माण गरेको भनेर वहा भन्नुहुन्छ । आफुले निर्माण गरेका भिडियोहरु सरल खालको, गाहृो प्रश्नको पनि सजिलो र छोटो तरीकाले समाधान गरीएको ले जो कोहीको लागी पनि यो वरदान सावित हुन सक्दछ । एउटै च्यानलबाट धेरै कुराको ज्ञान पाउन सकिने वहा बताउनुहुन्छ । शिक्षक तुल्सीराम ढकालले लोकसेवा पढ्ने विद्यार्थीका लागि तयार पारेको टिप्सहरु हेर्नको लागि यो लिंक खोलेर आफूले चाहे अनुसारको भिडियो हेरेर आफ्नो ज्ञानको दायरालाई फराकिलो पार्न सक्नु हुन्छ .

https://www.youtube.com/channel/UCG-t0kpHBCH9f6WQkZX9_qQ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here