यो वर्ष फ्लप भएका बहुचर्चित प्रविधि कम्पनीहरु

TOP Flop Technical Company

जुस–मेसिन बनाउने कम्पनी जुसेरोले हालै कम्पनी बन्द गर्ने घोषणा गरेको छ । यसलाई वाईफाई इन्टरनेटसँग जोड्न सकिन्छ।३ सय ९९ डलरमा अमेरिकामा उक्त मेसिन बेच्ने गरेको जुसेरोले जुस मेसिन उत्पादनका लागि १२ करोड डलर कोष संकलन गरेको थियो ।

कम्पनीका अनुसार उसले प्रभावकारी उत्पादन तथा वितरण प्रणाली विकाश गर्न नसकेका कारण कम्पनी बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो । उक्त कम्पनीको जुस मेसिनले जुस उत्पादन गर्ने फलफूल तथा तरकारीका थैलीहरु हातले नै निचोर्न सकिने कुरालाई लिएर उक्त मेसिनको खुबै खिसीट्युरी भएको थियो ।

जुसेरोसँगै फ्लप भएका अन्य कम्पनीहरुमा:

यिक याक
मेसेजिङ एप यिकयाक कम्पनी कुनैबेला ४० करोड डलर मूल्यको थियो र यसले ७ करोड ३० लाख डलर कोष पनि संकलन गरेको थियो । यो एप कलेज विद्यार्थीहरुमाझ निकै लोकप्रिय पनि भयो । तर अनलाइन हिंसा तथा दुव्र्यवहारका घटनाका कारण यसको आलोचना पनि भयो ।कम्पनीले उसको सुधारमा केही प्रयास नगरेको होइन, तर सफल हुन सकेन ।

ज बोन
फिटनेस ट्रयाकर कम्पनी जबोनले जून महिनामा कम्पनी खारेजीको प्रक्रिया सुरु गरेको घोषणा गरेको थियो । कुनैबेला ३ अर्ब डलर मूल्यको कम्पनी रहेको ज बोनका उत्पादनहरु बजारमा पहिलो फिटनेस ट्रयाकरहरु मध्ये थिए ।

बीपी
सेकेण्ड ह्याण्ड कार किनबेच गर्ने कम्पनी बीपीले १५ करोड डलर कोष संकलन गरेको थियो र कुनै समयमा ५६ करोड डलरको सम्पत्ति थियो । तर उसले यो वर्षको फेब्रुअरीदेखि कम्पनीको सम्पत्ति बेच्न सुरु गर्यो । टेक क्रन्चका अनुसार कम्पनीमा केही संस्थागत समस्या आएको र जथाभावी ढंगले खर्च गरेका कारण कम्पनीमा समस्या आएको हो । अहिले यो कम्पनीको वेबसाइटमा लगअन गर्दा कार खरीद गर्ने प्लाटफर्म व्रुमको वेबसाइटमा रिडाइरेक्ट हुन्छ ।

लिली
अटोनोमस ड्रोन निर्माता कम्पनी लिली गत जनवरीमा बन्द भयो, जबकि त्यसबेला कम्पनीमा ३ करोड ४० लाख डलर मूल्यका ड्रोनको प्रि अर्डर थियो । उक्त रकम फिर्ता गर्ने बाचा गर्ने कम्पनी बन्द भएको थियो । कोषकै अभावमा कम्पनी बन्द गर्नुपरेको यसका संचालकको दाबी छ ।

बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here