बुटवलमा सातौं स्टाटअप क्यान ईन्फोटेकको तयारी तिब्र

२३ माघ, बुटवल , बुटवल मण्डपमा सातौं स्टाटअप क्यान ईन्फोटेकको तयारी तिब्र, मेला स्थल बुटवल मण्डपमा सरोकारवालाहरुसंग आज छलफल

butwal infotech can

बुटवलमा फाल्गुण २ गतेदेखि ६ गतेसम्म हुने सातौं स्टाटअप क्यान ईन्फोटेकको तयारी तिब्र पारिएको छ ।

प्रचार प्रसार लगायतका कामलाइ पनि ब्यापक बनाइएको छ । मेला स्थल बुटवल मण्डपमा सरोकारवालाहरुसंग आज छलफल गरिएको हो । सहभागि २५ भन्दा बढि ब्यबसायीक तथा सरोकारवाला संघ संस्थाका प्रतिनिधीले मेलाले बुटवलमा मात्र नभइ प्रदेश ५ लाइ नै सुचनाप्रबिधीमा अघि बढाउन मद्धत गर्ने बताए ।

कfर्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमालले मेलाले सबै दर्शकलाइ सुचना प्रबिधीसंग जोड्ने बताउनुभयो । संस्थाका अध्यक्ष नारायण श्रेष्ठले मेलाले पुर्याउने योगदान र यससंग जोडिएका बिषयबस्तुका बारेमा जानकारी गराउनुभयो ।

कार्यक्रममा रुपन्देही ब्यापार संघका डिल्लीराज भण्डारी,पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जिसि,होटल ब्यबसायी संघका बाबुराम श्रेष्ठ, निर्माण ब्यसायी जविन कक्षपति लगायतले बोल्दै मेला सफल बनाउने बताएका थिए ।

कार्यक्रम क्यानका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा सचिब बिरबहादुर क्षेत्रीको संचालनमा भएको थियो ।

ईन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टनेन्स, पावर सोलुसन्स्, मोबाइल एसोसेरिज, डिलर र डिस्ट्रब्यूर्टस, टेलिकम्यूनिकेशनस्, सफ्टवेयर सोलुसन्स र अन्य रहने छन् ।

इनफोटेकमा करिब १५० स्टल रहनेछन् र २ लाख सर्वसाधारणहरुले इनफोटेक अवलोकन गर्ने अपेक्षा आयोजकको छ । अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५० र विधार्थीहरुलाई रु २५ तोकिएको क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रोष्ठले जानकारी दिनुभयो ।

उक्त प्रदर्शनीमा फ्रि सर्भिस क्याम्प, नेपाली टाईपिङ कमिपटिसन, डान्स कम्पिटिसन, भर्चुवल गेमिङ लगायत पनि आर्कर्षणको रुपमा रहने सहसचिब सुरेश भट्टराइले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here