फेसबुक संस्थापक मार्क जुकरबर्गका सोसल साइट ह्याक !

फेसबुकका सिइओ मार्क जुकरबर्गका केही सोसल मिडिया अकाउन्टहरु ह्याक भएका छन् । अघिल्लो हप्ता साउदी अरबका ह्याकरहरुले जुकरबर्गका टि्वटर, इन्स्टाग्राम तथा पिन्ट्रस्ट लगायतका सोसल साइटका अकाउन्ट ह्याक गरिदिएका हुन् । यतिमात्र नभई ह्याकहरुले जुकरबर्गका ती सोसल अकाउन्टका पासवर्ड पनि सार्वजनिक गरिदिएका छन् । ह्याकर्सका अनुसार जुकरबर्गको लिंक्डइन अकाउन्टका माध्यमबाट उनीहरु जुकरबर्गका अन्य सोसल अकाउन्ट ह्याक गर्न सफल भएका हुन् । जुकरबर्गको लिंक्डइनको पासवर्ड मबमबमब रहेको दाबी ह्याकरहरुको छ ।

मार्क जुकरबर्गको सोसल अकाउन्ट ह्याक गर्ने आवर माइन नामक ह्याकर समूहको टि्वटर अकाउन्टमा ४० हजार फलोअर्स छन् । उक्त समूहले जुकरबर्गको भनिएको टि्वटर अकाउन्ट ह्याक गरी टि्वट गरेका थिए: हे मार्क हामीले तिम्रो अकाउन्ट ह्याक गरेका छौँ । तिम्रो लिंक्डइनको पासवर्ड मबमबमब हो । हामीले तिम्रो सुरक्षाको परीक्षणका लागि यसो गरेका हौँ । हामीले तिम्रो टि्वटर, इन्स्टाग्राम र पिन्टे्रेस्टमा पहुँच स्थापित गरेका छौँ । हामीसँग सिधै सम्पर्क गर । केही समयपछि नै उक्त समूहले उक्त टि्वट डिलिट गर्यो । जुकरबर्गले यहीँ पासवर्डबाट आफ्ना अन्य सोसल अकाउन्ट खोल्ने गरेको बताइएको छ ।