प्रताप न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय क्षेत्रीय कमिटि कमिटी गठन
सिएसआटि एसोसिएसन अफ नेपाल अब बुटवलमा पनि सिएसआइटि बिध्यार्थिहरुको हकहित तथा क्षमताहरुलाइ उजागर गर्ने उद्देश्यले स्थापना भएको सस्था सिएसआटि एसोसिएसन अफ नेपालले आफ्नो तेस्रो एसोसिएट कमिटी बुटवलमा बिस्तार गरेको छ । यहि मंसिर २ गते बुटवल व्यापार संघको भवनमा एक भब्य कार्यक्रमका बिच सो कमिटी गठन गरिएको सिसाआटी एसोसिएसन अफ नेपाल का केन्द्रीय सदस्य सुदिप पौडेलले बताउनु भएको छ । संस्थाको डिजिटल नामाकरण अनुसार (0011) रहेको कमिटीमा प्रताप न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय क्षेत्रीय कमिटि र ३ सल्लाहकार कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा आशा गैरे , महासचिवमा प्रदिप भट्टराई ,सचीवहरुमा बिनिता ज्ञवालि र शिला अर्याल , कोषाध्यक्षमा महेश गैरे र सद्स्यहरुमा नारायण अधिकारी , सुदिप न्यौपाने , प्रतिमा गैरे , अनिल बराल , सुरज गहतराज , अस्मिता पोखरेल र लक्ष्मण न्यौपाने रहेका छन भने सल्लाहकार समितीमा सबिता न्यौपाने रहेका छन । सल्लाहकार समितिमा २ सदस्य रिक्त रहेको छ । पाँच बर्ष अघि केही सिएसआटि बिध्यार्थीको सक्रियतामा गठन भएको सो एसोसिएसनको बुटवलको कमिटी तेस्रो क्षेत्रीय कमिटी हो । यस अघि चितवन र पुर्वान्चलमा पनि कमिटी बिस्तार भैसकेको छ । सिएसआटिएन एक गैर नाफा मुलक संस्था रहेको साथै सिएसआटि पढ्ने बिध्यार्थीको हक हितमा निरन्तर काम गर्दै आइरहेको र बिद्यार्थीको क्षमता अभिबृद्धी गर्न विभिन्न वर्कसप , सेमिनार जस्ता कार्यक्रम गर्दै आइरहेको केन्द्रिय सद्स्य सुदिप पौडेलले बताउनु भएको छ । र भबिस्यमा देशभरका सिएसआटि अध्यन हुने क्षेत्रहरुमा आफ्नो कमिटी बिस्तार गरि संस्थालाइ थप मजबुत बनाउने पौडेलले बताउनु भयो ।