नेपाल आइजिएफ २०१८ आजदेखि शुरु हुने

nepaligf 2018

काठमाडौं । इन्टरनेट प्रविधि सम्बन्धित बहुपक्षिय सरोकारवालाहरूको दुई दिने राष्ट्रिय फोरम ‘नेपाल आइजिएफ २०१८’ शुक्रबारदेखि काठमाडौंमा हुने भएको छ ।

NEPAL IGF 2018

सरकार, नीजि क्षेत्र, नागरिक समाज र आम इन्टरनेट प्रयोगकर्ता सहभागी हुने फोरमका लागि यो वर्ष ‘सहज पहुँच, सुलभ र सुरक्षित इन्टरनेट’ नारा तय गरिएको छ । फोरममा १८ वटा विधागत प्रस्तुति र छलफल तय भएको आयोजकद्वारा जारी विज्ञप्‍तिमा जनाइएको छ । हरेक वर्ष आयोजना हुने यस्तो फोरमको यस वर्ष मुख्य आयोजक इन्टरनेट सोसाइटी नेपाल र सह आयोजकमा इन्टरनेट गभरनेन्स इन्सिच्युट छनौट भएका छन् ।

विद्युतिय अर्थतन्त्र, साइबर सेक्युरिटी, पुर्बाधार विकास, फेक न्युज र सामाजिक सञ्जाल जस्ता विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल हुने छ । इन्टरनेट सेवाको गुणस्तर विस्तार, इन्टरनेटमा सूचना अभिव्यक्ति स्वतन्त्रता, समावेशीकरणका साथै नेपालमा स्मार्ट सिटीको प्रवर्धन र सम्भावनाका विषयमा समूहगत छलफल र निचोड निकालिने इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष सन्तोस बाबु सिग्देलले बताउनु भयो ।

फेसबुक, अन्तराष्ट्रिय इन्टरनेट गभरनेन्स् फोरम, आइक्यान, एपिनिक जस्ता अन्तराष्ट्रिय प्रविधि संस्थाहरूको समेत सहभागिता रहने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here