टेलिकमको डाटा प्याक अनलाइनबाटै किन्न सकिने

Share It On:

नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याक अब अनलाइनको माध्यमबाट किन्न सकिने भएको छ। टेलिकमको वेबसाइटबाटै चाहेको डाटा प्याक खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

यसका लागि (offer.ntc.net.np) मा लगअन गर्नुपर्छ। त्यसपछि आफूले प्रयोग गर्ने जीएसएम वा सिडिएमए मोबाइलका विभिन्न डाटा प्याकेजहरु छनोट गर्न सकिन्छ भने प्याकेजको मूल्य र समयावधि त्यहीँ देख्न पाइन्छ।

त्यसपछि ग्राहकले आफ्नो मोबाइल नम्बर र अंग्रेजी अक्षर पीयूके (PUK) नम्बर राख्नु पर्छ। पीयूके नम्बर थाहा पाउनका लागि १४१५ मा एसएमएस गर्न सकिन्छ।

सबै विवरण भरेर ‘बाइ डाटा प्याक’ बटन थिचेपछि ग्राहकको मोबाइलमा आवश्यक डाटा प्याकेज उपलब्ध हुन्छ । जसका लागि मोबाइलमा आवश्यक ब्यालेन्स हुनु आवश्यक छ।

नेपाल टेलिकमको डाटा प्याकेज आफ्नो मोबाइलमा *१४१५# डायल गरेर पनि लिन सकिन्छ। त्यसैगरी १४१५ मा एसएमएस पठाएर पनि डाटा प्याकेज लिन सकिन्छ।

नेपाल टेलिकमले हाल जीएसएममा रेगुलर, नाइट र फेसबुक डाटा प्याकेजको रुपमा विभिन्न अफर उपलब्ध गराएको छ । त्यसैगरी सीडीएमए सेवामा रेगुलर र नाइट डाटा प्याकेज उपलब्ध छ।

तर अहिले ग्राहकको सुविधाका लागि अनलाइन माध्यमबाट समेत डाटा प्याकेज लिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *