ज्योति समृद्धि बचत खाता सञ्चालनमा
ज्योति विकास बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुरुप खोलौं, बैंकमा खाता कार्यक्रम अनुसार“ समृद्धिसंग जोडौं नाता, सबै नेपालीको बैंक खाता” नाराका साथ थालिएको अभियानलाई सहयोग पु¥याउने उद्देश्य अनुरुप आधुनिक बंैकिङ्ग सुविधा सहित नयाँ बचत खाता “ज्योति समृद्धि बचत खाता” संचालनमा ल्याएको छ ।
वार्षिक ७% ब्याजदर दिने यस बचत खाताम ाअन्य बैंक वित्तीय संस्थाहरुमा खता नहुने ग्राहकहरुले खता खोलेमा रु. १०० बैकको तर्फबाट प्रदान गरिने र ABBS, C-ASBA, Internet Banking जस्ता सेवाहरु निःशुल्क गरेको छ भने लकर सुविधामा पनि बिषेश छुट दिइएको छ । यस विकास बैंक ग्राहक महानुभावहरु लार्इ अत्याधुनिक सेवा प्रदान गर्न सदैव कटिबद्ध रहेको छ।
बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि (Corporate Image) बजारमा स्थापित गर्न सफल यस बैंकको हाल बैंकले ९६ वटा शाखा २ वटा एक्स्टेन्सन काउन्टर एवं २३ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा नै बैंकको ५ वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ । हाल सम्म बैंकले करिब २ लाख १६ हजार ७ सय २७ भन्दा बढि खाताबाट २७ अर्व २० करोड निक्षेप संकलन गरी १५ हजार भन्दा बढि ऋणी मार्फत २३ अर्व ९० करोड ऋण लगानी गर्न सफल भएको छ । नुवाकोटमा केन्द्रीय कार्यालय रहेको हाम्रो विकास बैंकलाई प्राप्ति गरी गत २०७५ चैत्र १५ गतेबाट एकिकृत कारोवार संचालन गरे पश्चात विकास बैंकको कुल चुक्ता पूँजी रु.३अर्व १० करोड पुगेको छ, जस अनुसार चुक्ता पूँजीका आधारमा सबैभन्दा बढी चुक्ता पूँजी भएको विकास बैंक हुन पुगेको छ ।