चौरसिया, क्यान अध्यक्षमा निर्विरोध चयन

hemant chaurasiya

काठमाडौं । कम्प्युटर एशोसिएशन महासंघ नेपाल (क्यान) को अध्यक्षमा हेमन्तकुमार चौरसिया निर्विरोधन चयन भएका छन् । क्यायनको बिहीबार भएको उम्मेदवारी दर्तामा उनको मात्र मनोनयन परेपछि निर्वाचन कमिटिले निर्विरोध अध्यक्ष चयन भएको घोषणा गरेको हो ।

अघिल्लो कार्यसमितिमा प्रथम उपाध्यक्ष रहेरका चौरासिया सर्वसम्वत अध्यक्ष भएका हुन । त्यस्तै, उपाध्यक्षमा विश्वराम बलामी (संस्थागत), सुनैना घिमिरे पाण्डे (महिला), रोमकान्त पाण्डे (व्यक्तिगत) र नवराज कुँवर (जिल्लाअन्तर्गत) निर्विरोध निर्वाचित भएका हुन । त्यसैगरी, महासचिवमा रञ्जितकुमार पोदार निर्वाचित भएका छन् भने सचिवमा जिल्लाअन्तर्गत जगनबहादुर गुरुङ निर्विरोध चयन भएका छन् भने थप सचिव पदअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यहरुको मतदानबाट डा. पवनकुमार शर्मा (व्यक्तिगत) र नारायणबहादुर थापा (संस्थागत) निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा रेगबहादुर भण्डारी, सुभाष खड्का, रत्नतारा वैद्य, श्रवणकुमार श्रेष्ठ, घनश्याम खनाल, विक्रम श्रेष्ठ, अमित अग्रवाल, डा. अभिजित गुप्ता, उमेश रघुवंशी, अस्गर अली, अरुणकुमार वंशल, मधुकुमार अमात्य, विक्रम सिंह, दिपेश प्रधान, प्रशान्तलाल श्रेष्ठ, चिरञ्जिवी अधिकारी, ठाकुरकुमार श्रेष्ठ, दीपेश पाठक, भुपालदास श्रेष्ठ, दीपेन्द्रकुमार सिंह, श्यामकल श्रेष्ठ, अशोकबाबु राना, ईश्वरप्रसाद पोखरेल, भुपेन्द्रसिहं वली, दलबहादुर खड्का, हर्कबहादुर सेटी र प्रेमराज पनेरु निर्विरोध निर्वाचित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here