घोराहीमा ‘स्मार्ट सिटी’ र ‘साइबर सेक्‍युरीटी’ बारे बहस

can federation dang program

दाङ- कम्‍प्युटर एशोसिएशन अफ नेपाल महासंघ दाङ शाखाले सूचना प्रविधिलाई नजिकबाट चासो व्‍यक्त गर्दै आइसीटी सम्‍मेलनको आयोजना गरेको छ।

शनिवार घोराहीमा राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलनमा स्मार्ट सिटी र साइबर सेक्‍यूरिटीको बारेमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए।

हेमन्त बराले स्मार्टसिटीको अवधारणा कस्तो हुनु पर्छ र यसका लागि के क पूर्वाधारहरु आवश्‍यता पर्छ भन्‍नेबारेमा जानकारी दिनुका साथै चुनौतीका बारेमा समेत बताएका थिए।

यस्तै साइबर सेक्युरिटी विज्ञ चिरञ्जीवी अधिकारीले प्रविधिमा पहुँच र प्रयोग बढ्‍दै गएपछि साइबर क्राइम बढ्‍दै जाने र यसका लागि साइबर कानुन चाहिने भएकाले त्‍यही अनुरुप चल्‍नु पर्ने बताए। उनले भने,’ साइबर ल, सुरक्षा र सेवातर्फ सूचना प्रविधिको प्रयोगको स्थिति, उपलब्धि र भावी योजनाका बारेमा जान्‍नु सबैको कर्तव्‍य हुन आउँछ।’

सम्‍मेलनमा क्यान महासंघ दाङका अध्यक्ष भीमसेन गिरीले प्रविधिको प्रयोग र नयाँ नयाँ अनुभवलाई दाङमा समेत बहस र छलफलको माध्‍यमबाट ल्‍याउन क्‍यान सधै तयार रहेको बताउँदै यसका लागि नरपालिकाले साथ दिनुपर्ने बताए।

उनले नगर प्रशासनले प्रविधिमा पहुँच राख्दा जनताले समेत उपभोग गर्न बाध्‍य हुने भएकाले यसलाई नगरपालिकाले पनि नजिकबाट सोच्‍नु पर्ने बेला आएको बताए। सम्मेलनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रकाशसकीय प्रमुखलगायत अन्य सरोकारवालाहरुको सहभागिता थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here