गुगल बिजनेस ग्रुपले शनिबार नेपालको सबैभन्दा ठुलो स्टार्टअप मेला‘ जिबिजि बिज फेस्ट’ आयोजना गर्ने

काठमाडौं, पौष १८, २०७५

नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौंले यहि पौष २१ गते शनिबार नेपालको सबैभन्दा ठूलो स्टार्टअप मेला जिबिजि बिज फेस्ट आयोजना गर्ने भएको छ । जिबिजि बिज फेस्ट नेपालमा यस प्रकारको पहिलो प्रविधि र व्यबसाय सम्बन्धि प्रदर्शनी हो ।

खल्ती डिजिटल वालेटसँगको मुख्य सहकार्यमा गर्न लागिएको यसमेलाको उद्देश्य देशभरबाट नव उद्यमीहरु र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेट फर्ममा ल्याउने र प्रवर्धन गर्ने रहेको छ । यस कार्यक्रममा विशेष गरी नेपालका सबैभन्दा लोकप्रिय एन्ड्रोइड एप्सका डेभलपरहरु र प्रतिनिधिहरू सहभागिहुने अपेक्षा गरिएको छ ।

कार्यक्रमको अवधारणाको बारेमा बोल्दै गुगल बिजनेस ग्रुप काठमाडौंका प्रवन्धक अमित अग्रवाल भन्छन् ,

“जिबिजि बिज फेस्ट विश्वका विभिन्न देशहरुमा वार्षिक रुपमा आयोजना हुने कार्यक्रम हो । हामी नेपालमा पहिलो पटक यस्तो कार्यक्रम गर्न र देशभरका स्टार्टअपहरुलाई एकै स्थानमा ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौँ । यस कार्यक्रमका सहभागिहरुले गुगलका नयाँ टुल र आइडिया सिक्ने अवसर पाउनेछन् जुन उनिहरुको व्यापार प्रवर्धन र विस्तार गर्न एकदमै महत्वपूर्ण हुनेछ । यस कार्यक्रममा हामी नेपालका अधिकांश युवा उद्यमीहरू, एप डेभलपरहरु, साथै गुगलका प्रविधि र सेवाहरूमा रुचि राख्ने विद्यार्थीहरू लगायतको सहभागिताको आशा गरेका छौँ ।”

मेलामा देशभरका सयभन्दा बढी स्टार्टअपहरू र एप डेभलपरहरुले आफ्नो उत्पादन र सेवाहरुको प्रदर्शन गर्ने अपेक्षा आयोजकको रहेको छ । साथै, कार्यक्रममा गुगलका प्रविधिमा चासो राख्ने र स्टार्टअपगर्न इच्छुक तीनहजार भन्दा बढी अवलोकन कर्ताको सहभागिता रहने आयोजकको विश्वास छ।

कार्यक्रममा विशेषज्ञहरूले  गुगलका विभिन्न नयाँ नयाँ प्रविधिहरु सम्बन्धि कार्यशाला प्रस्तुत गर्नेछन्।

साथै, प्रदर्शनीमा ’गुगलमाई बिजनेस’ लक्षित एउटा विशेष स्टल रहने छ । प्रदर्शनीमा सहभागि स्टार्टअपहरूले उक्त स्टल मार्फत आफूलाई गुगलको व्यापार निर्देशिका(गुगलबिजनेस डाइरेक्टरी) मा सूचीबद्ध गर्न सक्नेछन् । उक्त निर्देशिकामा सुचिकृत भए पश्चातग्राहकहरूले व्यवसाय र त्यसको विवरणहरू पत्ता लगाउन सक्नेछन् । यसका साथै उक्त व्यबसायहरु गुगल सर्च रिजल्ट पेजको पहिलो पृष्ठमा देखा पर्ने सम्भावना बढ्नेछ ।

यस कार्यक्रमले स्टार्टअपहरुको प्रवर्धन र विकासमा टेवा पुर्याउने आयोजकको विश्वास छ ।

धेरै भन्दा धेरै स्टार्टअपहरु लाभान्वितहोउन् भनेर मेलामा सहभागी स्टार्टअपहरुका लागि स्टल बुकिङ निःशुल्क गरिएको छ । इच्छुक व्यबसायीहरुले यो लिङ्कमागई सजिलै स्टल बुक गर्न सक्नेछन् । साथै, मेलाको अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश निःशुल्कगरिएको छ ।

कार्यक्रमको विवरण ः

कार्यक्रम ःजिबिजिबिजफेस्ट मिति ःशनिबार, २१ पौष २०७५ समय ःबिहान १० बजे देखि स्थान ःग्यालेक्सी पब्लिक स्कूल परीसर, ज्ञानेश्वर, काठमाडौं, स्टल बुकिङरप्रवेश ःनिःशुल्क

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here