Google Now on Tap Updated: New Features added

गुगलले ल्यायो प्राणिको फोटोका साथै नामको लिंक आउने नयाँ फिचर

इन्टरनेट सर्च इन्जिन मार्फत पूरै विश्वमा राज गरेको गुगलले आफ्नो प्रयोगकर्ताको लागि नयाँ फिचर ल्याएको छ।  उक्त नयाँ फिचरमा प्रयोगकर्ताले कुनै पनि बन्यजन्तुको आवाज कस्तो हुन्छ भनेर थाहा पाउन र सुन्नका लागि सर्च गरेमा त्यस प्राणिको फोटोका साथ नामको लिंक पनि आउने छ।

कम्पनीले यस सूचीमा १९ वटा बन्यजन्तुको आवाज राखिएको जनाएकाे छ। अन्तर्राष्ट्रिय संचार माध्यमले उक्त कम्पनीले याे अाइडिया ‘see n say toy’ बाट लिएकाे जनाएका छन्।