‘खल्ती डिजिटल वालेट’ र ‘टुटल’ बिच साझेदारीको घोषणा

२६ भाद्र २०७५, काठमाडौं

‘मोटरसाइकल ट्याक्सी’यात्रा सहजब नाउन ‘खल्ती डिजिटल वालेट’ र ‘टुटल’ बिच साझेदारीको घोषणा अब ‘टुटल’मा ‘खल्ती’एप बाटै पैसा लोड गर्न र मोटरसाइकल भाडा तिर्न सकिने
नेपालका दुई स्टार्टअप कम्पनीहरु ‘खल्ती’ र ‘टुटल’ बिच रणनीतिक साझेदारीको सुरुवात भएको छ । खल्तीका निर्देशक अमित अग्रवाल र ‘टुटल’का सह संथापक तथा सीइओ शिक्षित भट्टले मंगलवार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार अब प्रयोगकर्ताले सजिलै आफ्नो खल्ती एप मार्फत निकै सहज तरिकाले ‘टुटल’मा पैसा राख्न र मोटरसाइकल भाडा तिर्न सक्नेछन् ।
यस साझेदारीबाट उत्साहित ‘खल्ती’ का डाइरेक्टर अमित अग्रवालले भने,
“हामी टुटल जस्तो एउटा लोकप्रिय’राइड सेयरिङ प्ल्याटफर्म’ सँग सहकार्य गर्न र टुटल प्रयोगकर्ता लाई ‘खल्ती’को सजिलो अन्लाईन भुक्तानी सेवा प्रदान गर्न पाउँदा हर्षित छौँ । सवारी यात्रा र पैसा भुक्तानी हामी सबैले दैनिक रुपमा भोग्दै आइरहेको एउटा समस्याहो । यो पार्टनर शिप दुवै समस्या लाई एकसाथ हल गर्न केन्द्रित हुनेछ । साथै, दुई स्टार्टअप कम्पनीहरु सँगै मिलेर काम गर्यो भने दुवैलाई उर्जा प्राप्त हुन्छ । यो साझेदारी ले युवा उद्यमीहरु एक आपसमा मिलेर काम गर्नुपर्छ र विश्वस्तरिय प्रणाली विकास गर्ने वातावरण निर्माण गर्नुपर्छ भन्ने सन्देश जाने कुरामा हामी विश्वस्त छौँ ।”
त्यसै गरी ‘टुटल’का सहसंथापक तथा सीइओ शिक्षित भट्टले भने
“नेपालमा केहि वर्ष अघिसम्म पनि डिजिटल प्रविधि प्रयोग गरेर यातायात सेवा प्रयोग गर्ने वा पैसा भुक्तानी गर्ने कुरा नौलो थियो । तर स्मार्ट मोबाईल प्रविधिको प्रयोग ह्वात्तै बढेको छ र खल्ती र टुटल जस्ता सेवाको प्रयोगकर्ताको संख्या बढ्ने क्रममा छ । ‘खल्ती’ र ‘टुटल’को लक्षित प्रयोगकर्ताको समूह एउटै भएको कारणले यस साझेदारीले दुवै कम्पनीलाई छिटो अगाडी बढ्न र अलग पहिचान बनाउन मदत प्रदान गर्छ भन्ने कुरामा हामीलाई विश्वास छ ।”

साथै, साझेदारी सुरुवातको अफर स्वरुप टुटल प्रयोग कर्ताले खल्ती मार्फत पैसा राख्दा ५ प्रतिशत थप टुटल अकाउन्टमा पैसा पाउनेछन्भने ‘खल्ती’ले पनि ‘खल्ती अकाउन्ट’मा ५ प्रतिशत क्यास व्याक दिनेछ ।
सन् २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीएप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इण्टरनेट तथा डीटीएचको बिलभुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथाअन्यथुप्रै सेवाहरु लिन सकिन्छ। हाल खल्तीको प्रयोगकर्ताहरुको संख्या ५,००,००० भन्दा बढि रहेको छ ।
२०१७ को जनवरीमा नै सुरु भएको टुटल सार्वजनिक सवारी साधनको यात्रा सहज नभएको बेला भाडा तिरेर मोटरसाइकल मा यात्रा गर्न पाइने सेवा हो । आफ्नो मोबाइलमा ‘टुटल एप’ राखेपछि यात्रुले मोटरसाइकलवालालाई सम्पर्क गरेर तत्काल यो सुविधालिन सक्छन् । पछिल्लो समयमा टुटलको यो सेवा युवामाझ निकै लोकप्रिय छ । हाल टुटल प्रयोगकर्ताको संख्या ५०,००० नाघिसकेको छ ।

कसरी डाउनलोड गर्ने ‘टुटल’ र ‘खल्ती’एप
‘खल्ती’एप डाउनलोड गर्न र ‘टुटल’मा पैसा राख्नका लागियो लिंक मा जानुहोस् ।
साथै, टुटल एपडाउनलोड गर्न र ‘मोटरसाइकल ट्याक्सी’प्रयोग गर्नका लागि, यो लिंकमाजानुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here