क्लिपटेकको पोर्टेवल मल्टिमिडिया स्पीकर

काठमाडौं । 

क्लिपटेकले नेपाली बजारमा पोर्टेवल मल्टिमिडिया स्पीकर ल्याएको छ । एमपी थ्री, एमपीफो, आइफोन, आइपोड, नोटबुक ल्यापटप लगायत अन्य उपकरणहरुमा जडान गर्न मिल्ने यो स्पीकरमा लिथियम आयनको इनविल्ट व्याट्री रहेको छ ।

इनविल्ट व्याट्री भएका कारणले गर्दा यसले नोटबुक वा आइपोडको व्याट्री खपत गर्दैन । युएसवी पोर्ट प्रयोग गरी २ घण्टा चार्ज गरेपछि ६ घण्टा बज्ने यस स्पीकरले क्रिस्टल क्लिीयर आवाज दिने कम्पनीको दावी छ । फोल्ड गरेर सानो बनाउन सकिने यो स्पीकरको तौल ८० ग्राम रहको छ ।

३.५ एमएमको अडियो ज्याक लाग्ने सबै उपकरणहरुमा यो फिट हुने भएकाले लोडसेडिङको समयमा पनि ठूलो आवाजमा गीत संगीत सुन्नको लागि छुटै पावर व्याकप राख्नुपर्ने झण्झटलाई यो उपकरणले केही राहात दिनेछ ।