इन्फोटेकमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता, आइतबार बिजनेश डे

Former Minister in CAN Infotech 2018
digicom caninfotech

सूचना तथा सञ्चार प्रविधिको कुम्भमेला “सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला” मा तेस्रो दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता रह्यो । इन्फोटेकमा आज ८४,३२२ ले अवालोकन गरेका छन् । इन्फोटेकको पहिलो दिन बिहिबार ३२ हजार एक सय ८१ जनाले अवलोकन गरेकोमा दोस्रो दिन ४२ हजार ८ सय २६ जनाले अवलोकन गरेका थिए । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्धेश्यसहित राजधानीको भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक प्रदर्शनीलाई आजसम्म १,५९,३२९ जनाले अवलोकन गरेका छन् ।

Actor Anup Bikram shahi in CAN Infotech 2018

आज इन्फोटेकका अधिकांश स्टलहरुमा अवलोकनकर्ताहरुको भिड लागेको देखियो । पुर्ब उर्जा मन्त्री महेन्द्र बहादुर शाही, माननीय प्रकाश ज्वाला लगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारी, राजनीतिक दलका नेता, कलाकार, विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिका साथमा प्रविधिपे्रमी उपभोक्ताको बाक्लो उपस्थिति रह्यो । सार्वजनिक बिदाको दिन भएकाले विद्यार्थी, पेशाकर्मी, व्यापारी एवं उपभोक्ताको बाक्लो उपस्थिति रह्यो । आइतबार बिजनेश डे भएकाले अवलोकनकर्ता उल्लेख्य संख्यामा आउने अपेक्षा हामीले गरेका छौं ।
यस मेलामा युवा उमेरका मात्र होइन, वृद्धवृद्धाको पनि बाक्लो उपस्थिति रहेको छ । क्यान इन्फोटेकले सबै उमेर समूहका व्यक्तिलाई आकर्षित गरेको देख्दा हामीले निकै गर्व महसुस गरेका छौं । अहिले गाँस, बास, कपासजस्तै सूचना तथा सञ्चार प्रविधि पनि आधारभूत आवश्यकता बनिसकेको यस मेलामा सहभागी दर्शकको भीडले नै पुष्टि गरेको छ ।
यस इन्फोटेकमा सहभागी कम्पनीले नयाँ–नयाँ प्रविधिसहितका उत्पादन सार्वजनिक गरेका छन् । विशेष गरी इन्टरनेट सेवाप्रदायक स्टलहरू, नेपाल टेलिकम, स्मार्टफोन र ट्याब्लेटका स्टलहरू, ल्यापटप÷कम्प्युटरका स्टलहरू, सफ्टवेयर तथा एन्टिभाइरसका स्टलहरू, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेसिन, राउटर, पेनड्राइभ, सीसीटिभीलगायतका स्टल, आइटी ट्रेनिङ इन्स्टिच्युटलगायतका स्टलमा अवलोकनकर्ताको आकर्षण बढेको छ ।
शनिबार पनि विभिन्न कम्पनीले आ–आफ्ना नयाँ उत्पादन, सेवा र आकर्षक उपभोक्ता योजनालाई निरन्तरता दिएका छन् । विश्वस्तरीय ब्रान्डका नेपाली अधिकृत बिक्रेतादेखि इन्टरनेट र दूरसञ्चार स्वा प्रदायक, सफ्टवेयर, मोबाइल एप्लिकेसन, वेब एप्लिकेसन, सूचना प्रविधि प्रणालीलगायतका सेवा दिने कम्पनीहरुले आफ्ना उपभोक्तालाई लक्षित गरी आकर्षक अफर ल्याएका छन् । सर्वसाधारणले एकै थलोबाट विश्वविख्यात ब्रान्डदेखि स्वदेशी प्रतिभाबाट निर्मित वस्तु र सेवाबारे भरपुर जानकारी लिन पाएका छन् । इन्फोटेक आयोजना गर्नुको मुख्य कारण नै नेपाली जनतालाई प्रविधिसँग साक्षात्कार गराउनु हो ।
मेलाकै अवसर पारेर सफ्टवेयर, स्टार्टअप, विद्यार्थी÷कलेजको छुट्टै प्याभिलियनको व्यवस्था गरिएको छ । यसपटक हामीले आइटी स्टार्टअपहरुले स्थानीय समस्या समाधान गर्न बनाएका नवीनतम प्रविधिलाई विशेष प्राथमिकताका साथ इन्फोटेकमा राखेका छौं । विश्वविद्यालयस्तरमा भएका रिसर्च र त्यसबाट निर्माण भएका प्रोजेक्टहरु पनि राखिएको छ । बच्चा, विद्यार्थी, युवा पुस्ताले कसरी सफ्टवेयरबाट सिक्न सक्छन् भन्ने कुराको जानकारी अवलोकनकर्ताले लिन सक्छन् । आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग भएका ड्रोन र रोबोटिक्स प्रविधिहरु पनि राखिएका छन् । यसर्थ इन्फोटेकले लोकल इन्नोभेसनलाई प्रोत्साहन मिलेको महसुस हामीले गरेका छौं ।
मेलामा पाइन ओभरसिजले ‘स्मार्ट हेल्थ एनालाइजर’ ल्याएको छ, यसले क्वान्टम सेन्सरको माध्यमबाट ब्लड र युरिन टेस्टबिनै फुल बडी चेकअप गर्न सक्छ । यसबाट ३९ ओटा शरीरका रोग वा स्वास्थ्य स्थिति पत्ता लगाउन सकिने छ । शनिबार मेलाकै अवसरमा ‘रोबोट ब्याटल’ समेत आयोजना गरिएको थियो । साथै नेपाली युवा इन्जिनियरले बनाएका ड्रोन, गाडी, विद्युतीय मेशिन, सफ्टवेयर सिस्टम आदिमा अवलोकनकर्ताको चासो रहेको थियो । दृष्टिविहीनका लागि उपयोगी सफ्टवेयर, रोबोटिक्स एशोसिएशनले बनाएको थ्रिडी प्रिन्टिङ, जिपिएस ट्रयाकिङ सिस्टमका साथमा विश्वविद्यालय र आइटी कलेजका विद्यार्थीले बनाएका आइटी प्रोजेक्टले पनि अवलोकनकर्ताको ध्यान तानेको छ । मेलाकै अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा हालसम्म १२४ जनाले रक्तदान गरेका छन् ।
आइतबार बिजनेश डे
माघ १४ गते आइतबारको दिनलाई ‘बिजनेश डे’को रुपमा घोषणा गरिएको छ । यस दिन बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा बिजनेश डिल गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here