कतै तपाईंको बच्चाले स्मार्टफोनमा धेरै समय बिताउँछन्? सावधान !

यदि बच्चाले स्मार्टफोनमा खेलिरहने लत बसालेको छ भने उसमा निद्रा कम लाग्ने गर्छ। वैज्ञानिकहरुको एक शोधमा यो पत्ता लागेको छ की जो बच्चा स्मार्टफोन वा ट्याबलेटमा धेरै समय बिताउँछ त्यस्ता बच्चाहरु अरु बच्चाको तुलनामा कम मात्र निदाउन सक्दछन् ।

शोधकर्ताहरुको भनाई अनुसार टचस्क्रिनमा बिताएको हरेक घण्टाले बच्चाको निद्रालाई १५ मिनेट कम गरिदिने छ ।तथापि टचस्क्रिनमा खेल्ने बच्चाहरु स्नायु क्षमतामा चाहीँ अन्य बच्चाको तुलनामा अब्बल हुन्छन् तर यसले बालबच्चामा पर्ने असरको बारेमा भने चेतनाको कमी छ ।

उक्त शोधमा लण्डन विश्वविद्यालयको तिन वर्षभन्दा कम उमेरका बच्चाहरुका ७१५ जना आमाबुवासँग प्रश्न सोधिएको थियो ।बच्चाले कति समयसम्म स्मार्टफोन वा ट्याबलेट चलाउँछ र कहिले कहिले कति बेरसम्म सुत्दछ भन्ने प्रश्न सोधिएको थियो ।

शोधका क्रममा ७५ प्रतिशत बालबच्चाले दिनहुँ टचस्क्रिन चलाउने गरेको पाइयो, त्यसरी टचस्क्रिन चलाउनेमध्ये ५१ प्रतिशत त केवल ६ देखि ११ महिनासम्मका बच्चा रहेका छन् ।

टचस्क्रिनमा धेरै समय बिताउँने बच्चा दिनमा धेरै सुत्ने र रातमा कम सुत्ने गरेको पाइएको छ । बच्चाले लगातार १ घण्टासम्म टचस्क्रिनमा बिताएमा उसको निद्रामा १५ मिनेटले कमी आउने निष्कर्ष शोधकर्ताको छ ।

बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here