ओपोद्वारा कोभिड–१९ संग जुझ्न एड्भायजरी जारी

मंगलबार, वैशाख २, २०७७

कोभिड १९ महामारीले अहिले संसारभरका मानिसलाई त्रसित पारिरहेको छ । यसबाट सुरक्षार्थ सबैले ब्यापक सतर्कता अपनाउनु आवश्यक छ ।

महामारीका बारेमा फैलिरहेका थिकबाट जोगाउनुका साथै सही तथा उपयोगी जानकारी दिने र कोरोनाभाइरस तथा यसबाट सुरक्षाका लागि प्राथमिकताका साथ जानकारी दिने सोच लिई ओपोले आप्mना सामाजिक सञ्जालमार्फत सजगता अभियान सञ्चालन गरिरहेको छ ।

यस अभियान मार्फत जनतालाई महामारीका रुपमा रहेको कोभिड १९का बारेमा जानकारीका साथै रोग लाग्नबाट जोगिनका लागि आवश्यक उपायहरुका बारेमा समेत सटिकताका साथ सुचना प्रवाह गर्ने कम्पनीले लक्ष्य लिएको छ । ओपोका डिजिटल मिडिया प्ल्याटफर्महरु मार्फत कम्पनीले कोरोना भाइरसका लक्षण, अपनाउनु पर्ने सजगताका बारेमा सूचनाहरु प्रेशित गरिरहेको छ । ओपो स्ट्याण्ड्स विथ यू, स्टे होम स्टे सेफ जस्ता ह्याशट्यागहरुको प्रयोग मार्फत कम्पनीले सजगता फैलाउने कार्य गरिरहेको छ । साथै, हालको महामारीको समयमा घरभित्रै बसी सरक्षित रहन सबैलाई अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here