एक्स्ट्रिम विन्टर अफर सुरु : क्यान स्क्यान गरी सुनको क्यान जित्ने अवसर
१० मंसिर, काठमाडौं।
जाडो मौसमको सुरुवातसँगै लोकप्रिय पेय पदार्थ ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ ले आफ्ना उपभोक्ताहरूका लागि आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘विन्टर अफर’ अन्तर्गत क्यान स्क्यान गरेर ‘सुनको क्यान’ जित्न सकिने विशेष अभियान ल्याएको हो ।
६ जना भाग्यशाली विजेताले सुनको क्यान पाउने क्लासिकसहित पाँच फरक स्वाद (फ्लेभर) मा नेपाली बजारमा उपलब्ध एक्स्ट्रिम इनर्जी ड्रिंकको यो योजनाअन्तर्गत ६ जना भाग्यशाली उपभोक्ताले सुनको क्यान उपहार प्राप्त गर्नेछन् । आफ्ना उत्पादनहरू पाँच फरक स्वादमा विस्तार भएको अवसर पारेर उपभोक्तासँगको सम्बन्धलाई थप प्रगाढ बनाउन कम्पनीले यो विशेष अभियान सञ्चालनमा ल्याएको हो ।
कसरी सहभागी हुने ?
उपभोक्ताको सहजताका लागि कम्पनीले यस योजनामा डिजिटल प्रविधिको प्रयोग गरेको छ । अफरमा सहभागी हुन इच्छुक ग्राहकले निम्न प्रक्रिया पूरा गर्नुपर्नेछ:
१. बजारमा उपलब्ध एक्स्ट्रिम इनर्जी ड्रिंकको पाँचमध्ये कुनै पनि स्वादको क्यान खरिद गर्ने ।
२. क्यानमा रहेको क्यूआर कोड (QR Code) मोबाइलबाट स्क्यान गर्ने ।
३. स्क्यान गरेपछि खुल्ने फारममा मागिएको आवश्यक विवरण दर्ता गर्ने ।
विवरण दर्ता भएसँगै उपभोक्ताहरू स्वतः उपहार योजनामा सहभागी हुनेछन् ।
राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष लक्की ड्र कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र (Lucky Draw) आयोजना गरी भाग्यशाली विजेताहरूको घोषणा गरिनेछ ।
उपभोक्ताबाट प्राप्त निरन्तर माया र विश्वासप्रति आभार व्यक्त गर्दै सुरु गरिएको यस अभियानले जाडो याममा उपभोक्तामाझ थप उत्साह थप्ने कम्पनीको विश्वास छ ।
For more: Xtreme Winter Offer Launched



