आइटी फुटसल कप आयोजना हुदै, बिजेतालाई १ लाख पुरस्कार

नेपालमा केहि समयदेखि फुटसल निक्कै चलिरहेको छ । फुर्सदको समयमा समुह बनाएर फुटसल खेल्ने IT Futsal  सामान्य नै भइसक्यो । आजभोली कर्पोरेट प्रतिस्प्रधाहरु पनि आयोजना हुन थालेका छन । यसै क्रममा पहिलोपटक यहि २१ मे काम दिन शनिवार आइटी फुटसल आयोजना भइरहेको छ ।

1st IT Futsal Cup 2016

द रिभरफिल्ड फुटसल खुसिबु नयाबजारमा आयोजना हुन लागिरहेको उक्त प्रतिस्प्रधामा आइटी कम्पनीहरुले सहभगिता जनाउन पाउनेछन । ग्लोबल लिंक टेक्नोलोजीको आयोजनामा हुने प्रतिस्प्रधामा विजेतालाइ आकर्षक पुरस्कारहरु राखिएको छ ।
गड इन्टरटेन्टमेन्ट प्रा.लिले इभेन्ट म्यानेज्मेन्ट गरेको प्रतिस्प्रको प्रथम बिजेतालाइ रु १ लाख र दित्तिय विजेतालाइ ७५ हजार पुरस्कार राशी राखिएको छ । कार्यक्रम विहान ७ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।