स्प्यारो एसएमएस आजदेखि दशौँ वर्षमा प्रवेश

काठमाडौं, चैत्र १०, २०७५

मोबाईल मेसेजिङ सेवा मार्फत मानिस माझ सूचना प्रवाहगर्दै आएको कम्पनी स्प्यारो एसएमएसआजदेखि नौ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कम्पनीले डेढ करोड बढी प्रयोगकर्तालाई एसएमएस सेवा प्रदान गर्न सफल भएको छ । हाल १८०० भन्दा बढी संस्थात थाकम्पनीहरुले स्प्यारो एसएमएसको बल्क एसएमएस (एकै पटक धेरैलाई एसएमएस पठाउने) सुविधा लिएर सेवा प्रदान गरिरहेका छन् ।

जानकि टेक्नोलोजी प्रा. लि. ले यसरी एकै पटक धेरैलाई मोबाइल सन्देश पठाउने सेवा प्रदान गर्ने उद्देश्यका साथ सन् २०१० मा स्प्यारो एसएमएस सेवाको सुरुवात गरेको थियो । अझै पनिइमेल र इन्टरनेटको पहुँच सहज नभएको हाम्रो मुलुकमा एसएमएस सेवा सन्देश प्रवाह गर्ने एउटा सहज माध्यम बनेको छ । कुनै पनि सूचनालाई भिन्दा भिन्दै जानकारी गराउन धेरै समय लाग्ने अवस्थाबाट पनि बल्कएसएमएस सेवाले सहजता प्रदान गर्छ । यसबाट सजिलैसँग थोरै समयमा धेरैलाई जानकारी पुर्याउन सकिन्छ ।

स्प्यारो एसएमएसले नेपालका विभिन्न सरकारी संस्थाहरू, स्थानीय सरकारहरू, बैंक र वित्तीय संस्थाहरू, विद्यालय तथा कलेजहरुका साथै नेपालका विभिन्न प्रसिद्ध ब्रान्डहरूलाई एसएमएस सेवा प्रदान गर्दै आएको छ । साथै, स्प्यारो एसएमएसले मोवाइलमा सन्देश पठाएर तरकारीको होलसेल र रिटेल मूल्य, वैदेशिक रोजगारीमा आफ्नो अनुमतिपत्रबारे सूचना, विभिन्न परीक्षाको रिजल्ट लगायतका जानकारी उपलब्ध गराउँदै आएको छ ।

२०७२ वैसाखमा गएको विनासकारी भुकम्प र अन्यआपतकालिन क्षणमा पनि स्प्यारोले एसएमएस मार्फत तुरुन्तै सूचनाप्रदान गरी उद्धार र राहत लगायतका कार्यमा योगदान पुर्याएको थियो ।कम्पनीले केहि महिना अघि मात्रै यातायात व्यवस्था विभागसँग सहकार्य गरी सवारी चालकअनुमतिपत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाटै हेर्न सकिने सेवाको सुरुवात गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here