सुरक्षा खतराबारे बारे बुझ्न ‘साइबर सेक्युरिटी शिखर सम्मेलन

GCSS PressMeet

इन्फर्मेशन सेक्यूरिटी रेस्पोन्ट टिम नेपाल(एनपीसर्ट)को  आयोजनामा साउन ११ र १२ गते ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ हुने भएको छ । बिल्डिंग ग्लोबल एलाइन्स फर साइबर रिजिलेन्स नामक नाराका साथ काठमाडौँमा हुन लागेको समिटको पूर्वसंध्यामा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी(नास्ट)ले एक दिने प्रि–समिट कार्यशाला आयोजना गर्दैछ । यसलाई लावा, चेक प्वाइन्ट सफ्टवेयर टेक्नोलोजिज् र इसी काउन्सिलले सहजीकरण गर्नेछन् । समिटको अवधिभर सहभागीहरु साइबर सुरक्षासम्बन्धि विषयहरुमा छलफल र अनुभव आदान प्रदान गरिने र यो क्षेत्रका व्यवसायीक र उद्योगीहरुका बिचमा सम्बन्ध बिस्तारको अवसर हुने बताइएको छ ।

साइबर सेक्यूरिटीको क्षेत्रमा भएका फरक फरक ज्ञान र सिपका साथै विभिन्न अनुभवहरु एक आपसमा साट्ने उद्देश्यले समिटको आयोजना गर्न लागिएको आयोजक एनपीसर्टले जनाएको छ । समिटले नयाँ पुस्तालाई शिक्त बनाउने र विश्वभरबाट आउने विभिन्न सरोकारवाला निकायहरुलाई एकै थलोमा समेट्ने आयोजनाको भनाइ छ । त्यस्तै, साइबर समिटले वर्तमान साइबर सेक्यूरिटी ट्रेण्डको अध्ययन र छलफलबाट साइबर सेक्यूरिटी थ्रेटहरुलाई रोक्न सशक्त आधार तयार गर्ने तथा मानिसहरुलाई सूचना सूरक्षाको बारेमा जागरुक गर्नुका साथै नेपालमा सशक्त सुरक्षा दस्ता निर्माण गर्न मद्धत गर्ने अपेक्षा गरिएको छ ।

समिटमा सूचना प्रविधि व्यवसायीक व्यक्तिहरु, सुरक्षा विज्ञहरु, सरकारी अधिकारीहरु, व्यवसायीहरु, र विभिन्न क्षेत्रका सिकारुहरुको मूख्य सहभागिता रहनेछ । समिटमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट विभिन्न कार्य प्रस्तुती, प्यानल डिस्कसन, र किनोट लेक्चर दिने कार्यक्रम रहेको छ । सहभागीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु, व्यवसायीहरु, कर्मचारीहरु, क्लाइन्ट र ग्राहकहरु बिच अन्तरक्रिया गर्न सक्नेछन् ।

ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ लाई लगप्वाइन्ट, सिस्को र चेकप्वाइन्ट सफ्टवेयर टेक्नोलोजीजले प्रायोजन गरेका छन् । यो समिटलाई संचार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल एकेडेमी  अफ साइन्स एण्ड टेक्नोलोजी, नेपाल बैंकर संघ, कम्यूटर एसोसिएसन अफ नेपाल, इन्टरनेट सोसाईटी नेपाल च्याप्टर र अन्य विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् ।

एनपीसर्ट इन्फर्मेशन सेक्यूरिटी विज्ञहरुको एउटा समाज हो, जसले राष्ट्रिय सूचनाको तत्काल आवश्यकता अनुसार सूरक्षा प्रदान गर्दछ र नेपालमा बढिरहेको साइबर सेक्यूरिटीको चुनौतीलाई सामना गर्न डटेर लाग्दछ । इन्फर्मेशन इन्फ्रास्ट्रक्चरमा हुने आक्रमणहरु दिनप्रतिदिन बढिरहेका छन्, यसलाई सम्बोधन गर्न गैर नाफामूलक संस्था एनपीसर्टको स्थापना गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here