राष्ट्रिय आविष्कार केन्द्र ( National Innovation Center ) को महान अभियान

Share It On:

राष्ट्रिय आविष्कार केन्द्र ( National Innovation Center ) को महान अभियान – नेपाल सरकारको ढोका छोडेर देश प्रेमी नेपालीहरूको ढोकामा

नेपाललाई विकसित देश बनाउनको लागि स्वदेश र विदेशमा बस्ने आम देश भक्त नेपालीहरूका साथै नेपाल सरकारले निम्न कुराहरूलाई ज्यादै उच्च प्राथमिकता दिऔँ।

  • देशमा भएको सृजनशील र प्रतिभाशाली मानव पुँजी र स्रोतलाई विशेष प्रोत्साहन दिई उनीहरूको प्रतिभाको अधिकतम उपयोग गरौँ
  • नेपालमा नै सके सम्मका वैज्ञानिक आविष्कार तथा प्रविधि विकास गर्ने कामलाई उच्च र विशेष प्राथमिकता प्रदान गरौँ र प्रतिभाशाली नेपालीहरूको प्रतिभालाई मल जल गरौँ
  • नेपालको अर्थ तन्त्र बलियो बनाउन निर्यातमुखी उद्योगहरूलाई अधिकतम प्रोत्साहन दिऔँ। त्यसको लागि आवश्यक सहयोग प्रदान र अनुकूल वातावरण सृजना गरौँ

यी माथि भनिएका कुराहरूलाई साकार पार्ने उदेश्यले “राष्ट्रिय आविष्कार केन्द्र” को स्थापना गरिएको हो। हामी सबै मिल्यौँ भने र देशमा नै विज्ञान तथा प्रविधिको विकास गर्‍यौँ भने हामीले नै ३० वर्षमा नेपाललाई एउटा विकसित देश बनाउन पक्कै सकिन्छ। अनि रोजीरोटीको लागी जागिर खोज्न हामी नेपालीहरूले विदेश धाउनु पर्ने छैन। साथै अपमानित भएर दुख पाउनु पर्ने र ज्यान गुमाउनु पर्ने पनि छैन।
-महाबीर पुन ( यदि तपाईँलाई उहाँसँग प्रत्यक्ष कुरा गर्न मन छ भने ९८४१५९२३६१ मा फोन गर्नु होला अथवा [email protected] मा इमेल गर्नु होला ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *