यु ट्युबको विज्ञापन रणनीतिमा परिवर्तन

Share It On:

यु ट्युबले सामाग्रीहरुको चोरी रोक्ने उपायका रुपमा आफ्नो विज्ञापन रणनीतिमा परिवर्तन गरेको छ । उक्त रणनीतिमा यु ट्युबले १० हजार भन्दा कम भ्यूज भएका च्यानलका भिडियोहरुमा विज्ञापन दिनेछैन । यसबाट पैसा कमाउनका लागि पाइरेटेड तथा आपत्तिजनक भिडियोको प्रयोग गर्नेहरु निरुत्साहित हुनेछन् ।

विश्वका विभिन्न चर्चित कम्पनीहरुले यु ट्युबमा भएका आपत्तिजनक भिडियोहरुमा समेत आफ्ना विज्ञापन देखाइएको भन्दै यु ट्युबमा विज्ञापन बहिस्कार गर्ने चेतानवी दिनथालेपछी यु ट्युबले सो कदम चालेको हो । यु ट्युबको यो नयाँ प्रयोग गरे पश्चात च्यानलहरुले यु ट्युबको नियम पालना गरे नगरेको पत्ता लगाउन सकिने र यु ट्युबलाई कुनैपनि च्यानलको प्रमाणिकता पुष्टि गर्न विवरण प्राप्त हुने यु ट्युबका उपाध्यक्ष एरियल बार्डिनले बताए ।

जसबाट नियम पालना गर्ने यु ट्युबका सर्जकहरुमा विज्ञापनबापतको रकमको हिस्सा पुग्नेछ । विज्ञापनदाता र यु ट्युबमा भिडियो राख्ने सर्जकहरुबीच सन्तुलन कायम गर्नु यु ट्युबका लागि ठूलो चुनौति हो ।यु ट्युबले यु ट्युबमा भिडियो राखेर पैसा कमाउन चाहने नयाँ सर्जकहरुलाई लक्षित गरी रिभ्यु प्रक्रियाको पनि थालनी गर्दैछ ।

जब कुनै च्यानलले १० हजार भ्यूज पूरा गर्दछ तब यु ट्युबले उक्त भिडियोको मूल्यांकन गरी त्यसले यु ट्युबको नियम पालना गरे नगरेको पत्ता लगाउँछन् । मूल्यांकनमा पास हुने भिडियोले बल्ल यु ट्युबमा विज्ञापन पाउनेछ । गुगलले केही दिनअघि एउटा घोषणा गर्दै यु ट्युबको भिडियो नीतिलाई कार्यान्वयन गर्न तथा आपत्तिजनक सामाग्रीहरुलाई निर्मूल पार्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीको प्रयोग गरिरहेको बताएको थियो ।
– एजेन्सी


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *