मोबाइलमै देशभरका गाउँपालिकाको जानकारी

palika apps kathmandu

इटहरीः गाउँपालिका र नगरपालिकामा सूचना प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा यसका सङ्घहरूले पनि यसको प्रयोग गर्ने भएका छन् । यसै क्रममा नेपालभरका गाउँपालिकाहरूको बारेमा जानकारी दिने मोबाइल एप्स सार्वजनिक भएको छ । गाउँपालिका महासङ्घले बनाएको सो एप्स प्रदेश १ गाउँपालिका महासङ्घको पहिलो अधिवेशनको क्रममा मुख्यमन्त्री शेरधन राईले आज सार्वजनिक गरेका छन् ।

palika apps nepal

नवीनतम् प्रविधिको भरपूर प्रयोगमा स्थानीय सरकार अघि बढिरहेको बेला सङ्घहरू पनि प्रविधिमैत्री हुँदै गएको कार्यक्रमका विशिष्ट अतिथि तथा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । स्थापनाको निकै छोटो समयमै ७ सय ५३ स्थानीय सरकारले वेबसाइट सञ्चालनमा ल्याएकोमा घिमिरेले खुशी व्यक्त गरे ।

नार्मिन नामक उक्त एप्समा देशभरका गाउँपलिकाको बारेमा जानकारी समावेश गरिएको गाउँपालिका राष्ट्रिय महासङ्घका सूचना प्राविधिक विशाल पौडेलले बताए । ‘एप्समा गाउँपालिकाका प्रमुख र उपप्रमुखहरूको नाम, फोन नम्बर, केन्द्र, वार्ड सङ्ख्या आदिका बारेमा जानकारी समावेश गरिएको छ’, मानन्धरले भने, ‘गाउँपालिका महासङ्घको भने दैनिक क्रियाकलाप र सूचना समेत एप्समा जानकारी गराइन्छ ।’ सो मोबाइल एप्स गुगलको प्ले स्टोरमा भेट्टाउन सकिने पनि उनले बताए  यसको लागि Click Here मा क्लिक गर्नुपर्ने मानन्धरले बताए ।

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here