ब्याट्री समस्याले हैरान हुनुहुन्छ ? समाधानः ओपोको सुपर भोक चार्जिङ प्रविधि

Share It On:

पुष १६, काठमाडौं ।
अत्याधुनिक प्रविधिको आजको यूगमा पनि ब्याट्री सम्बन्धि समस्याले स्मार्टफोन प्रयोगकर्ताहरुलाई उत्तिकै पिरोल्ने गरेको छ । अत्यावश्यक अवस्थामा फोनको ब्याट्री सकिने समस्याबाट सम्भवतः हामी सबै अभ्यस्त छौँ । ब्याट्री समस्या झेल्न नपरोस् भन्ने सोचका साथ हामी मध्य अधिकांश अझै पनि पावर बैंक तथा चार्जर साथमै बोकेर हिँड्छौँ । कुनै ठाउँमा आराम गर्दा चार्जिङ पोर्ट खोज्नु हामी मध्य अधिकांशको बानी झैँ भइसकेको छ ।

यस्तै अवस्थालाई दृष्टिगत गर्दै समाधान दिने सोचका साथसन् २०१४ मा ओपोले आफ्नो ‘प्रोप्राइटरी ¥यापिड चार्ज प्रविधि, भोक फ्ल्याश चार्जको घोषणा गर्दा धेरैका लागि खुशीको खबर बन्न पुग्यो । साधारण ५भी÷१ए चार्जरका तुलनामा भोक फ्ल्याश चार्जले चार गुणा तिब्र गतिमा चार्जिङ सुविधा दिने क्षमता राख्छ । यही क्षमताका कारण ओपोको यो प्रविधिले निकै लोकप्रियता समेत पायो । ब्राण्डका अनुसार हाल विश्व बजारमा १० करोड भन्दा बढी यो प्रविधि सुसज्जित फोनहरु विक्रि भइसकेका छन् ।

कम्पनीको प्रगतियती मै रोकिएन । सन् २०१ ६मा कम्पनीले भोकको परिस्कृत भर्जन सुपर भोक प्रविधि सार्वजनिक गर्यो । अहिले विश्व बजारमा स्मार्टफोनका लागि यो नै सर्वाधिक तिब्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउने प्रविधिका रुपमा विद्यमान छ ।
अध्ययन ः सुपर भोक पूर्ण सुरक्षित
तिब्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउने १०भी÷५ए (५० वाट)को सुपर भोक चार्जर प्रयोगका लागि सुरक्षित छ त ?विद्युतिय उत्पादनको सुरक्षा परिक्षण गर्ने अग्रणी जर्मन संस्था टीयूभी ¥हायनल्याण्डले यो प्रविधि वास्तवमै सुरक्षित रहेको प्रमाणित गरेको छ ।

टीयूभी ¥हायनल्याण्डले गरेका विभिन्न चरणबद्ध परिक्षणले ओपोको आर १७ प्रो मा उपलब्ध सुपर भोक प्रविधि ‘हेभी ड्यूटी’ मात्र नभइ चार्जिङ कार्यका लागि वास्तवमै निकै तिब्र र सटिक प्रविधि रहेको प्रमाणित गरिदिएको छ । संस्थाद्वारा आयोजित परिक्षणमा फोनको ब्याट्री लेभल मात्र १० मिनेटको चार्जमा ४० प्रतिशत सम्म पुगेको जानकारी दिइएको छ ।

उदाहरणका लागि सोच्नुस्, एकाविहानै तपाई कुनै अत्यावश्यक मिटिङमा जानु पर्नेछ । तर, तपाईको फोनको ब्याट्री मिटरले जम्मा १०% ब्याट्री बाँकी रहेको बताइरहेको छ । यस्तोमा तपाईँले आफ्नो विहानीको कफी पिउँदै गर्दा फोनको ब्याट्री ५० प्रतिशत सम्म चार्ज गर्न सक्नु हुनेछ । यो प्रविधि निरन्तर काममा ब्यस्त रहने तथा कामका लागि फोनको अटूट प्रयोग गरिरहनु पर्नेहरुका लागि वरदान नै हो । नेपालमा पनि मध्य दिसेम्बरमा सार्वजनिक सुपर भोक सुसज्जित आर १७ प्रोले स्मार्टफोन प्रयोगकर्ताहरु माझ निकै लोकप्रियता र चर्चा कमाइरहेको छ ।
स्मरण योग्य कुरा, टीयूभीले अहिले सम्ममात्र ३ ओटा मोबाइल फोन प्रविधि÷उत्पादनलाई मात्र मान्यता प्रदान गरेको छ । ती मध्य दूई ओटा ओपो आर १७ प्रो र फाईन्ड एक्सका लागि सुपर भोक फ्ल्यास चार्ज रहेका छन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *