बुटवल क्यान इन्फोटेक –२०१८ को तयारी तिव्र

क्यान महासंघ नेपाल सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन रहेको कुरा यहाँहरु समक्ष अवगत नै छ । क्यान महासंघले विगत २५ वर्ष देखि नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनको लागि विभिन्न किसिमका सेमिनार, कार्यशाला, गोष्ठि, अन्तरक्रिया मार्फत आम जनमानसमा चेतना अभिवृद्धि, विकास एवं विस्तार तथा यस क्षेत्रका विषयगत समस्या समाधानका लागि व्यवसायी तथा सरकारका सम्बन्धीत निकायसँग समन्वय गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रदर्शनी र सम्मेलनहरु गर्दै आईरहेको यहाँहरुमा विदितै छ । क्यान महासंघले आफ्नो स्थापनाको दुई वर्ष पछि सन् १९९५ देखी नै काठमाडौंमा क्यान इन्फोटेक आयोजना गर्दै आउनुका साथै बिगत केहि बर्ष देखि देशका विभिन्न स्थानमा पनि क्यान इन्फोटेक आयोजना गर्देै आएका छ ।


कम्प्युटर एशोसिएसन नेपाल महासंघ रुपन्देही शाखाको सन्दर्भमा ( तत्कालिन क्यान लुम्विनि ) सन् २००२ देखी सुचना प्रविधि सम्बन्धि जानकारी सर्वसाधारण सम्म पु¥याउने र लुम्बिनीलाई सूचना प्रविधि ग्रामको रुपमा विकास गर्ने लक्ष्य अनुरुप सन् २००२,२००५,२००७,२००९,२०११र२०१७ मा सूचना प्रविधि सम्बन्धि मेला Can Info-Tech/IT Conference गर्दै आइरहेको छ । यस कार्यले लुम्बिनी अञ्चल र विशेष गरी पश्चिम नेपालको गौरवलाई माथि उठाउन जमर्को गर्नुका साथै IT Conference जस्ता विभिन्न कार्यक्रमहरु मार्फत विश्वमा आएका नयाँ नयाँ प्रविधिको जानकारी, प्रशिक्षण सञ्चालन गर्दै आइरहेको छ ।
यसै सन्दर्भमा क्यान महासंघ रुपन्देही शाखाले यस वर्ष आगामी मिती २०७४ फाल्गुण २ गते देखि ६ गते सम्म–तदनुसार सन् २०१८ फेब्रुअरी १४ देखि १८) सम्म बुटवल स्थित प्रदर्शनी स्थल बुटवल मण्डप मा क्यान इन्फोटेक आयोजना गर्न गईरहेका छौ । विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेकको यो सातौं संस्करण हो ।
५ दिनसम्म संचालन हुने यस वर्ष को मेलामा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने छ । प्रदर्शनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पु¥याउनेछ भन्ने हामीले आशा गरेका छौं । साथै यस मेलामा ब्यवसायीहरुले व्यापारिक सम्भावनाहरु विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनेछन । साथै अवलोकनकर्ताहरुले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिद समेत गर्न पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here