बुटवलमा साइवर सुरक्षा साक्षरता सेमिनार हुने

Share It On:

इगल आई इन्टरनेशनल टेक्नोलोजीको सहकार्यमा रोटयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीले यहि पौष ८ गते बुटवलमा साइवर सुरक्षा साक्षरता सेमिनार आयोजना गर्ने भएको छ । सुचना प्रविधिको बढ्दो प्रयोगसंगै यस संग सम्बन्धित अपराधहरुको बारेमा सचेतना विकास गर्ने उद्देश्यले सेमिनार आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक माधब ढुङ्गानाले बताउनु भयो ।

कार्यक्रममा रुपन्देही जिल्लाका जिल्ला प्रशासन कार्यालय प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमुख, आन्तरिक राजश्व कार्यालय प्रमुख, बुटवल उमनपाका मेयर तथा  बुटवल क्षेत्रमा रहेका अन्य विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरु, स्कुल कलेज पढ्ने विद्यार्थीहरु तथा आम सर्वसधारणहरुको सहभागिता रहनेछ । सेमिनार सिद्धार्थ कटेज, बुटवलमा विहान दश बजे देखि साझ पाँच बजेसम्म चल्नेछ


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *