प्रविधिको कुम्भ मेला इन्फोटेकमा अफरै अफर, आज अन्तिम दिन

Share It On:

क्यान महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सञ्चालन भइरहेको २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’मा अवलोकनकर्ताको घुइचो लागेको छ । आज सोमबार पाँचौ दिन ७२,३२६ जनाले अवलोकन गरेका छन् । हालसम्म २,९१,९१७ जनाले अवलोकन गरिसकेका छन् ।

deepa shree niraula can infotech

वर्षमा एक पटक सञ्चालन हुने प्रविधिको प्रदर्शनी क्यान इन्फोटेकमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता कायमै रहेकोे छ । आज पनि विभिन्न विशिष्ट व्यक्तिहरुले मेलाको अवलोकन गर्नुभएको छ । सम्माननीय प्रधानन्यायधिश गोपाल पराजुली, अन्य न्यायधिशहरु, अभिनेत्री दीपाश्री निरौला, गायक स्वप्न सुमनलगायतका विशिष्ट अतिथिहरुले सोमबारको मेला अवलोकन गर्नुभएको थियो ।

gopal parajuli can infotech

यसपटक नयाँ प्रविधिहरुलाई प्रदर्शन गर्न हार्डवेयरका अतिरिक्त सञ्चार, सफ्टवेयर, आइटी स्टार्टअप र विश्वविद्यालय र कलेजका स्टलहरुलाई पनि समावेश गरिएको छ । नवीन प्रविधिहरुको प्रदर्शनी एकै थलोबाट भइरहेकोले अवलोकनकर्ताको संख्या बढेको महसुस हामीले गरेका छौं ।
जारी इन्फोटेकमा सहभागी कम्पनी तथा डिष्ट्रिव्युसनहरुले ब्रान्डिङका साथै प्रडक्ट सेल्स र सर्भिसमा पनि प्रचारप्रसार गरिरहेका छन् । साथै उपहार तथा अफरहरु सार्वजनिक गर्ने क्रम आज पनि जारी रह्यो । कतिपय कम्पनीहरुले अघिल्लो दिनहरुका भन्दा भारी छुट तथा आकर्षक अफरहरु घोषणा गरेका छन् । सबैभन्दा बढी आकर्षण स्मार्टफोन कम्पनी, इन्टरनेट सेवाप्रदायक, नेटवर्किङ प्रडक्ट, कम्प्युटर एसेसोरिज, आइटी स्टार्टअपका स्टल देखिएको छ ।

डिजिकमले नेपाल भित्रिएको २०औं वर्ष पुगेको अवसरमा हरेक प्रडक्टमा २० प्रतिशत छुट प्रदान गरेको छ । आकर्षक सजावटसहित प्रचारप्रसार गरिरहेको डिजिकमले यसै इन्फोटेकको अवसर पारी नेपालमा गाडीमा प्रयोग हुने उच्चस्तरको सिसिटिभी क्यामेरा (ड्यास क्याम)सहित थप ३ प्रडक्टसमेत सार्वजनिक गरेको छ ।
शीर्ष प्रायोजक सुबिसु केबलनेटले दुई महिनासम्म क्लियर टिभी प्रिमियम प्याकेजसहित १५ र ८ एमबिपीएस अनलिमिटेड इन्टरनेट सेवा प्रदान गरेको छ । उसले पनि अवलोकनकर्तालाई लोभ्याएको छ ।
मोटोरोलाले आफ्नो मिड रेन्ज स्मार्टफोन ई ४ प्लसको विशेष प्रदर्शनी गरिरहेको छ । प्लाटिनम स्पोन्सर वल्र्डलिंकले ल्याएको नयाँ प्रविधि स्मार्टहबमा अवलोकनकर्ताको निकै आकर्षण रहेको पाइयो । कलाकार स्वप्न सुनिलको उपस्थिति रहेको वल्र्डलिंकको स्टल आज दिनभर अवलोकनकर्ताले घेरिएको थियो । नेपाल टेलिकमले रु. १ सय २५ मा वितरण गरेको फोरजी सिम लिने अवलोकनकर्ताहरुको संख्या झनै बढेको छ ।
टिपी लिंकले ल्याएको स्मार्ट होमबारे चासो लिनेहरुको संख्या पनि बढेको छ । यो स्मार्ट होमको प्रयोग गरी मोबाइल एपबाट घरको ढोका लक गर्न, लाइट बन्द गर्न, फ्रिज खोल्न बन्द गर्न सकिने बताइएको छ ।
मेलाकै अवसर पारी नेपालमा सार्वजनिक गरिएको नयाँ प्रविधिअन्तर्गत पाइन ओभरसिजले ‘स्मार्ट हेल्थ एनालाइजर’ ल्याएको छ, यसले क्वान्टम सेन्सरको माध्यमबाट ब्लड र युरिन टेस्टबिनै फुल बडी चेकअप गर्न सक्छ । यसबाट ३९ ओटा शरीरका रोग वा स्वास्थ्य स्थिति पत्ता लगाउन सकिने जानकारी कम्पनीले दिएको छ ।
हाइ पावरका नेटिस राउटरको खरिदमा आकर्षक छुटका अतिरिक्त बुलगार्ड इन्टरनेट सेक्युरिटी निःशुल्क प्रदान गरिएको छ । साथै हाइसेन्स र सोनीका फारेके स्मार्ट टिभीहरुका नेपाली उपभोक्ताको आकर्षण देखियो । हुवावेको नोभा २ मोडलको स्मार्टफोनले प्रयोगकर्ताको मन लोभ्याएको छ । साओमी नेपालले एमआई ब्रान्डका नयाँ स्मार्टफोनका अतिरिक्त इको प्रोडक्टहरुको बजार प्रवद्र्धन क्यान इन्फोटेकमार्फत् गरिरहेको छ ।
सर्वोच्च अदालतको मोबाइल एप मन पराउनेहरुको संख्या पनि बढेको देखियो । प्रदर्शनीमा आइटी तथा इन्जिनियरिङ विद्यार्थीहरुलाई लक्षित गरी स्टार्टअप र इन्नोभेसन कक्षसमेत बनाइएको छ । विभिन्न कलेजका रोबोटिक्स क्लबहरुले आफ्ना प्रोजेक्टहरुको विशेष प्रदर्शनी गरेका छन् । कारखाना नेपालले स्कुले बच्चाहरुका लागि केराबाट पियानो बजाउने लगायतका सिर्जनशील अध्यययन सामाग्री राखेको छ ।
मेलाकै अवसर पारी आइटी तालिम दिने संस्थाहरुले पनि भारी छुटसहित आफ्ना कोर्शहरु अफर गरेका छन् । मोबाइल वालेट खल्तीले क्यान इन्फोटेकको अवसरमा ल्याएको रिफर एन्ड अर्न सुविधा पनि निकै रुचाइएको छ । साथै युवा वैज्ञानिक राम–लक्ष्मणले तयार पारेको विद्युतीय भोटिङ मेशिनबाट अवलोकनकर्ताले इन्फोटेकबारे आफ्नो प्रतिक्रिया दिने व्यवस्था गरिएको छ ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स्लगायत गरी २२२ स्टल रहेका छन । इन्फोटेक आज माघ १६ गतेसम्म चल्नेछ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *