प्रदेश नम्बर २ मा इन्टरनेट निशुल्क

प्रदेश नम्बर २ का आठ जिल्लामा सरकारले तीब्रगतिको इन्टरनेट सेवाको लागि पूर्वाधार निर्माण गर्ने भएको छ। दूरसंचार प्राधिकरणले उक्त प्रदेशका आठ जिल्लालाई दुई प्याकेजमा विभाजन गरी ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्न लागेको जनाएको छ।

प्राधिकरणले सप्तरी, मोहत्तरी, धनुषा र सिराह एउटा प्याकेज त्यस्तै सर्लाही,बारा,पर्सा र रौतहट अर्को प्याकेजमा गरी ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्न बोलपत्र आब्हान गरेको छ।

इन्टरनेट सेवाप्रदायकहरुले पूर्वाधार बनाइसकेपछि सो क्षेत्रमा दुईवर्षसम्म इन्टरनेट निशुल्क हुने प्राधिकरणले बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here