नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा प्रोमोसनल अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक ल्याइएको टेलिकमले छ।
रिचार्ज बोनसमा जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई एमपिओएस तथा रिचार्ज कार्ड मार्फत १ सय र २ सयको कार्ड प्रयोग गर्दा १० प्रतिशत, ५ सय र १ हजारको रिचार्ज कार्ड प्रयोग गर्दा १५ प्रतिशत बोनस पाउने छन् । उपलब्ध गराइने रिचार्ज बोनस चैत ३० देखि बैशाख १३ गतेसम्म लागू हुनेछ।
डाटा प्याकेजमा जिएसएम सेवाका उपभोक्ताहरुलाई चैत ३० देखि बैशाख २८ गतेसम्म लागू हुने गरी अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराइएको छ।
डाटा प्याकेज लिने तरिका:
अल टाइम डाटा प्याकेज सेवा लिनका लागि डिएटिए टाइप गरी आफूलाई चाहिएको एमबी उल्लेख गरेर १४१५ मा म्यासेज पठाउनु पर्दछ।
नाइट डाटा प्याकेज सेवाको लागि एनआईजीएचटी टाइप गरी आफूलाई चाहिएको एमबी उल्लेख गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ।
नाइट भ्वाइस प्याकको लागि जिएसएम सेवाका उपभोक्ताहरुलाई चैत ३० गतेदेखि वैशाख २८ गतेसम्म लागू हुने गरी करसहित २५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्नुका साथै २५० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइने टेलिकमले जनाएको छ।