नेपाल टेलिकमकि कामिनी राजभण्डारी र एफवान सफ्टका बिश्वास ढकाललाई ‘बेस्ट म्यानेजर अवार्ड’

Share It On:

म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले हरेक वर्ष प्रदान गर्ने बेस्ट म्यानेजर अफ दि इयर २०१७ को अवार्ड एफवान सफ्टका प्रेसिडेन्ट युवा उद्यमी विश्वास ढकाललाई प्रदान गरिएको छ। यसैगरी आउटस्टाण्डिङ म्यानेजर अवार्ड नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले प्राप्त गरेकी छन्।

ढकालको नेतृत्वमा सन् २००४ देखि एफवान सफ्टले सूचना प्रविधिको क्षेत्रमा विभिन्न योगदान गर्दै आएको छ। पछिल्लो पाँच वर्षयता एफवान सफ्टले वित्तीय क्षेत्रमा प्रविधि भित्र्याउन तथा प्रविधिमार्फत वित्तीय कारोबार अघि बढाउन महत्वपूर्ण योगदान दिँदै आएको छ।

एफवान सफ्टले मोवाइल बैंकिङ सेवा, इन्टरनेट कार्ड म्यानेजमेन्ट सिस्टम, डिजिटल वालेट र अनलाइन पेमेन्ट गेटवे इ-सेवामार्फत वित्तीय सेवा दिंदै आएको छ। एफवान सफ्ट अन्तर्गत अहिले २०० जनाभन्दा बढीले रोजगारी पाएका छन्।

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा एक बर्ष अघि कामिनी राजभण्डारी नियुक्ति भएकी हुन् । उनि नेपालको इतिहासमा नेपाल टेलिकमको पहिलो महिला प्रबन्ध निर्देशक पनि हुन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *