नेपाली समुदाय बिच १ दिने साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण

रक्की माउन्टेन फ्रेण्डस अफ नेपाल डेनभर कोलोराडोको आयोजनामा नेपाली समुदाय बिच १ दिने साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण
जनवरी ११, २०१७ – अमेरिकाको डेनभर कोलोराडोमा रक्की माउन्टेन फ्रेण्डस अफ नेपालद्वारा नेपाली समुदाय बिच साईबर अपराध र सुरक्षा सम्बन्धी १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय कलाकार साथै अन्तराष्ट्र्रिय नेपाली साहित्य समाज कोलोराडोका अध्यक्ष कृष्ण ढुङ्गेल र रक्कि माउन्टेनका अध्यक्ष बिनोद त्रिपाठीको प्रयासमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्नको लागि संस्थाका अन्य पदाधिकारीहरुको पनि सहयोग प्राप्त भएको थियो ।

साईबर सेक्युरिटी ईन्टरन्यासनलका संस्थापक प्राध्यापक डा. रामहरि सुबेदीद्वारा सहभागिहरुलाई साईबर अपराध भनेको के हो, कसरि घटछ, र यसबाट आँफु, परिवार, र समाजलाई कसरि सुरक्षित गराउन सकिन्छ भन्ने बिषयमा प्रयोगात्मक प्रशिक्षण सहित कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । भिन्न शिलीमा प्रस्तुत गरिएको कार्यक्रमका सहभागिहरुले उक्त कार्यक्रमबाट अत्यन्तै प्रभावित भएको प्रतिकृया दिनु भएको थियो । करिब ४ घण्टासम्म चलेको उक्त कार्यक्रममा नेपाली समुदाय, संघ, संस्थाका बिभिन्न प्रतिनिधीहरुको पनि सहभागिता रहेको थियो । आफ्नो गाउँ, समाज र राष्ट्रलाई साईबर अपराधको भयबाट मुक्त गाराउँ भन्ने नाराका साथ साईबर सेक्युरिटी ईन्टरन्यासनलको अभियानलाई सहभागिहरुले आ-आफ्नो गाउँमा लैजाने प्रतिबद्दता प्रकट गर्नु भएको थियो । वाहाँहरुको बिचारहरुलाई यसै समाचारको साथमा प्रकासित गरिएको छ ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ ।

अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here