डिजिटल नेपालको लक्ष पुरा गर्न केही अप्ठ्याराहरु सिर्जना भए ? मन्त्री गोकुल  बांस्कोटा

Share It On:

क्यान महासघंको २५ औ वार्षिक साधारणसभा आज मिति २०७५ पौष १४ गते काठमाडौँमा  सम्पन्न भएको छ । साधारण सभा माननिय संचार तथा सुचना प्रबिधि मन्त्री गोकुल  बांस्कोटाले उद्घघाटन गर्नु भयो । उद्घघाटन कार्यक्रममा बोल्नु हुदै उहाँले  क्यान महासघंले संचार तथा सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा  पुर्याएको योगदानको प्रशंसा गर्नु हुदै अझ सक्रिय भएर लाग्नु पर्ने बताउनुभयो ।
डिजिटल नेपालको लक्ष पुरा गर्ने सन्र्दभमा केही अप्ठ्याराहरु सिर्जना हुने  गरेको उल्लेख गर्दै उहाँले विद्युतीय कारोबार सम्बन्धी ऐनहरुलाई सहज बनाउदै लगिने बताउनु भयो । अहिले मन्त्रीपरिषद् बैठक कम्युटर प्रणालीबाट संचालन  गर्ने अवस्थामा आईसकेको भन्दै उहाँले सरकारले डिजिटल नेपालको संकल्प पुरा गरेरै छाड्ने बताउनु भयो ।
सरकारले ५ बर्षे कार्ययोजनाका साथ डिजिटल नेपालको अभियानलाई अघि बढाउने त्यसका लागि नीजी क्षेत्रसंगको सहकार्यलाई प्राथमिकता दिने उहाँले बताउनु  भयो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले  उद्योगी व्यवसायीलाई काम गर्ने र लगानी गर्ने वातावरण श्रृजना गरिदिनुपर्ने  बताउनु भयो । उहाँले लगानीको वातावरण सिर्जना गर्न सकेमात्रै नेपालको  औद्योगिक विकासले फड्को मार्ने भनाई राख्नु भयो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री दिपक मल्होत्राले हाल  कम्प्युटर मनिटर र मोबाइल फोन आयत गर्दा धेरै समस्या रहेको र त्यसमा  सरकारलाई छिटो भन्दा छिटो उचित समाधान गरिदिन आग्रह गर्नुभयो | कार्यक्रममा संचार तथा सुचना प्रबिधि मन्त्रालयका सह-सचिब श्री वीरेन्द्र  कुमार मिश्र, सुचना प्रविधि विभागका महानिर्देशक श्री लक्ष्मी प्रसाद यादव  को पनी उपस्थिति रहेको थियो | क्यान महासंघको अध्यक्ष श्री हेमन्त कुमार चौरसियाले सरकारले सहयोग गरे ७  सय ५३ वटै स्थानीय तहलाई प्रविधि मैत्री बनाउन क्यान महासंघले प्रबिधिक  सहयोग गर्ने प्रतिबदता ब्यक्त गर्नु भयो ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts