चितवनमा आजदेखी क्यान इन्फोटेक २०१८

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवन शाखाको आयोजनामा आज देखि तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ अक्सफोर्ड कलेज सुरु हुदैछ । यसअघि २०६५ र २०६७ सालमा चितवनमा क्यान इन्फोटेक मेला आयोजना गरिएको थियो ।

माघ २९ गतेसम्म सञ्चालन हुने सूचना प्रविधिको बृहत् प्रदर्शनी मेला भरतपुरस्थित नवनिर्मित चितवन एक्स्पो सेन्टरमा हुदैछ। यसअन्तर्गत कम्युटर, मोबाइल, ल्यापटप, प्रिन्टर, नेटवर्किङ प्रडक्ट, इन्टरनेट सेवाप्रदायक, स्मार्ट टिभी, सफ्टवेयर, आइटी र कम्प्युटर इन्जिनियरिङ कलेज, सेक्युरिटी, कन्सल्टेन्सीलगायतका जम्मा ८० स्टल स्टल रहेको क्यान महासंघ चितवनका अध्यक्ष भानु शर्माले जानकारी दिए । यसै अवसर पारी आइटीसम्बन्धी जनचेतनामूलक सेमिनार, गोष्ठी, रोबोटिक प्रदर्शनी तथा अन्तर विद्यालय र अन्तर कलेजस्तरीय क्विज कम्पिटिसन पनि हुनेछ ।

दुई लाखभन्दा बढी दर्शकहरूले अवलोकन गर्ने अनुमान गरिएको यस मेला अवलोकन गन ५० रूपैयाँ टिकटको व्यवस्था गरिएको छ । कुनै पनि सामुदायिक विद्यालयले विद्यालयको सिफारिसमा सामूहिक रूपमा आएमा निःशुल्क प्रवेश दिइने व्यवस्था ल्याइएको छ । कम्पनीहरुले इन्फोटेक मेला अवधिभर आफ्ना नयाँ प्रडक्ट र सर्भिस आकर्षक योजनासहित प्रदर्शनीमा राख्नेछन् ।भने स्थानीय स्तरमा उत्पादन भएका सफ्टवेयर र अन्य प्रविधिको सार्वजनिक गर्ने कार्यक्रम पनि रहेको छ ।

तेस्रो संस्करणको क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा डिजिकम र एसोसिएट स्पोन्सरमा अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट रहेका छन् । प्लाटिनम स्पोन्सरमा नेटिस, डायमन्ड स्पोन्सरमा टेकमाइन्ड नेटवर्क, गोल्ड स्पोन्सरहरुमा मेगाटेक ट्रेड ग्रुप र एडीम्याक्स र सिल्भर स्पोन्सरहरुमा ई स्क्यान एन्टिभाइरस, टेक्नोज कर्पोरेशन र सार्क इन्टरनेसनल छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here