आइ.सि.टि क्लब सुर्खेत ले गर्यो शिक्षकहरुलाई सम्मान

Share It On:

 गुरुपुर्निमा विशेष गरी बिध्यालय स्तरका बिध्यार्थिले मात्र मनाउने परम्परालाइ  तोड्दै आइ.सि.टि क्लब सुर्खेत ले  सुर्खेत क्याम्पस (शिक्षा ) मा  गुरुपुर्निमाको अबसर पारी क्याम्पस मै पहिलो पटक  ऐतिहासिक कार्यक्रम सम्पन्न गरेको छ ।। कार्यक्रममा बिग्यान र प्रबिधी बिभाग प्रमुख युबत वलिले यस्ता कार्यक्रमले शिक्षक र बिध्यार्थिको सम्बन्ध प्रगाढ बनाउन मह्त्वपुर्न भुमिका खेल्ने कुरा राख्नु भयो त्यस्तै विशेष अतिथी सुर्खेत क्याम्पस शिक्षाका सहायक क्याम्पस प्रमुख डा.दिपक गौतम ले आइ .सि.टि अध्ययनरत बिध्यार्थी हरु घोकन्ते र ब्यबहारीक हुन्छन भन्ने परम्परालाई यश कार्यक्रमले तोडेको बताउनु भयो ।
कार्यक्रमको प्रमुख अतिथ्यता गर्नुभएका  निमित्त क्याम्पस प्रमुख राजन कडेल ले  आइ. सि. टि अध्ययनरत  बिध्यार्थिहरुले पढाइ प्रती मात्र सिमित नभइ अतिरिक्त कृयाकलाप तिर पनि  उत्कृस्ट  कार्यक्रम गरेको भन्दै यस्ता राम्रा कामका लागि क्याम्पस प्रसासन ले सधै सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा  क्लबले   शिक्षा क्याम्पस मा  अध्यापन गर्ने ३० जना शिक्षकहरुलाइ  सम्मान गरेको छ ।। कार्यक्रम्मा ३० जना शिक्षक, ४० जना आइ.सि.टि अध्ययनरत र ३५ जना अन्य बिसय अध्ययनरत गरि ७५ जना बिध्यार्थिको सहभागिता थियो ।।कार्यक्रमको अध्यक्ष्यता आइ.सि.टि क्लब सुर्खेतका अध्यक्ष सुबास बि . सी ले गर्नुभएको थियो भने कार्यक्रम सन्चाल उमा बि सी र बम बहादुर बडुवाल ले गर्नु भएको थियो भने कार्यक्रमलाइ शिक्षा क्याम्पस को स्वबियु , डेल्टा कम्प्युटर इन्सिच्युट र सम्झना राज पुस्तक पसलले प्रायोजन गरेका थिए  भने आयोजना आइ.सि.टी क्लब सुर्खेत ले गरेको थियो .

Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *